राजनीति

  • नयाँ राजदूत चयन : भारतका लागि दिपकुमार दोहोरिए, चीनका लागि लिलामणी

    नयाँ राजदूत चयन : भारतका लागि दिपकुमार दोहोरिए, चीनका लागि लिलामणी काठमाडौं– मन्त्रिपरिषद्को बैठकले चीन र भारतका लागि नेपाली रादूतहरुको चयन गरेको छ। चीनका लागि नेपाली राजदूतमा पूर्व मुख्य सचिव लिलामणि पौडेल र भारतका लागि नेपाली राजदूतमा दीपकुमार उपाध्यायलाई चयन गरिएको छ।

    Read More

  • राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल

    राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल ठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटवार्तामा प्रधानमन्त्री दाहालले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा राष्ट्रपतिलाई जानकारी गराएका थिए।

    Read More

  • पूर्व सांसदका माग जायज कि नाजायज ?

     पूर्व सांसदका माग जायज कि नाजायज ? काठमाडौं– पूर्वसांसदहरुले सरकारसंग पेन्सन र निःशुल्क उपचार सुविधाको माग गरेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका पूर्व सांसदहरुको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर पेन्सन र उपचार खर्च तथा यातायातमा सुविधाको माग गरेका हुन् ।

    Read More

  • संविधान दिवस मूल समारोह समिति गठन

    संविधान दिवस मूल समारोह समिति गठन काठमाडौं– संविधानसभाबाट नयाँ संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा आगामी असोज २, ३ र ४ गते देशभर विविध कार्यक्रमका साथ संविधान दिवस मनाइने भएको छ । संविधान दिवस मनाउन प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा प्रधानन्यायाधीस,

    Read More

  • स्थानीय तह पुर्नसंरचना आयोगलाई प्रधानमन्त्रीको कडा निर्देशन

    स्थानीय तह पुर्नसंरचना आयोगलाई प्रधानमन्त्रीको कडा निर्देशन काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले दलीय सहमति नभए पनि स्थानीय तह निर्धारणको काम अघि बढाउन स्थानीय तह पुर्नसंरचना आयोगलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले बुधबार साँझसम्म दलहरुबीच सहमति नभए पनि आफ्नो काम अघि बढाउन स्थानीय तह पुनर्संरचनासम्वन्धी आयोगलाई निर्देशन दिएका हुन् ।

    Read More

  • पहिलो मर्यादाक्रमका खाली कुर्चीले गिज्याइरहेछ...

    पहिलो मर्यादाक्रमका खाली कुर्चीले गिज्याइरहेछ... काठमाडौं–प्रमुख दलका शीर्ष नेताहरुले संसदलाई उपेक्षा गरेको भन्दै सांसदहरुले आक्रोश पोख्न थालेका छन् । शीर्ष नेताहरुले संसदलाई सत्ताको भर्‍याङ बनाउने कार्यवाहेक अरु केही नगरेको उनीहरुको आरोप छ । पहिलो मर्यादाक्रममा रहेका खाली आसनतर्फ इंगित गर्दै नियमित संसद बैठकमा उपस्थित हुँदै आएकाहरुको आवाज हो यो ।

    Read More

  • कांग्रेसमा भागबण्डा मिल्यो, देउवा बने लचिलो

    कांग्रेसमा भागबण्डा मिल्यो, देउवा बने लचिलो काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले नेता पौडेललाई भनेजति नै मन्त्री दिन तयार भएपछि कांग्रेसभित्रको किचलो लगभग साम्य भएको छ । पार्टीभित्र भागबण्डा नमिलेर मन्त्री पठाउन ढिलाइ गरेको नेपाली कांग्रेसले सम्भवतः आजै सबै मन्त्रीको नाम टुंगो लगाउने छ ।

    Read More

  • बुधबार मन्त्रिपरिषद विस्तार हुँदै, कांग्रेसबाट सर्ट लिस्टमा को–को छन् ?

    बुधबार मन्त्रिपरिषद विस्तार हुँदै, कांग्रेसबाट सर्ट लिस्टमा को–को छन् ? काठमाडौं– बुधबार मन्त्रिपरिषदले पूर्णता पाउने भएको छ । नेपाली कांग्रेसले आफ्नो भागका मन्त्री बुधबार पठाउने भएपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको हो । सभापति शेरबहादुर देउवाले कांग्रेसको तर्फबाट सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाइसकेका बताएका छन् । उनले मन्त्री छनोटका विषयमा पार्टीमा कुनै पनि विवाद नरहेको बताए ।

    Read More

  • मन्त्रिपरिषद्मा भारत र चीन भ्रमणकै चर्चा

    मन्त्रिपरिषद्मा भारत र चीन भ्रमणकै चर्चा काठमाडौं– मंगलबार बसेको मन्त्रीपरिषदको बैठक नेपाल सरकारका विशेष दूतका रुपमा २ उपप्रधानमन्त्रीले भारत र चीन भ्रमण गरेको विषयमा छलफल गरेको छ । बैठकले उप्रधानमन्त्री द्वयले गरेको दुई देशको भ्रमण फलदायी भएको निष्कर्ष निकालेको हो ।

    Read More

  • प्रधानमन्त्री प्रचण्डका चार बुँदे निर्देशन

    प्रधानमन्त्री प्रचण्डका चार बुँदे निर्देशन काठमाडौं– विना रुटपरमिटविना सवारी साधन चलाइदा जोखिम निम्तिएको भन्दै सिण्डिकेट खारेजीको माग भईरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले यातायात सेवा प्रदायक कार्यालय थप्न निर्देशन दिएका छन् ।

    Read More