राजनीति

नयाँ राजदूत चयन : भारतका लागि दिपकुमार दोहोरिए, चीनका लागि लिलामणी

काठमाडौं–  मन्त्रिपरिषद्को बैठकले चीन र भारतका लागि नेपाली रादूतहरुको चयन गरेको छ। चीनका लागि नेपाली राजदूतमा पूर्व मुख्य सचिव लिलामणि पौडेल र भारतका लागि नेपाली राजदूतमा दीपकुमार उपाध्यायलाई चयन गरिएको छ। प्रधानमन्त्रीको दिल्ली भ्रमण अघिनै सरकारले राजदूत नियुक्ती गरेर दुवै महत्वपूर्ण देशका दूतवासमा रहेको नेतृत्वको रिक्ततालाई पूर्णता दिने प्रयास गरेको हो।

उपाध्याय केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले फिर्ता बोलाएका राजदूत हुन्। उनलाई सरकार ढाल्न चलखेल गरेको आरोपमा ओली सरकारले फिर्ता बोलाएको थियो। त्यसैगरी पूर्व मुख्य सचिव पौडेल यसअघि नै चीनको स्वशाषित क्षेत्र तिब्बतको महावाणिज्यदूत भइसकेका पूर्व प्रशासक हुन्। उनी माओवादी कोटाबाट राजदूत बनाइएका हुन्।

त्यसैगरी मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ। उनी नेपाल राष्ट्र बैँकका कार्यकारी निर्देशक हुन्। त्यस्तै प्रधानमन्त्रीका आर्थिक सल्लाहकारमा डा। श्रीराम पौडेल र परराष्ट्र सल्लाहकारमा डा। ऋषि अधिकारी नियुक्त भएका छन्।

१६ भदौ, २०७३ ।