राजनीति

भारतीय प्रधानमन्त्रीकाे नेपाल भ्रमण (LIVE)

जनकपुर, २८ बैशाख । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा भव्य स्वागत गरिएको छ । जानकी मन्दिरमा  पूजा आरधना र रामायण सर्किटको उद्घाटनपछि  माेदीलार्इ जनकपुर उपमहानगरले नागिरक अभिनन्दन गरेकाे छ ।

नागिरक अभिनन्दनसँगै माेदी काठमाडाैंमा अाउनेछन् ।  माेदीले अाज बिहान जानकी मन्दिरमा करिब २० मिनेट पूजा आरधनापछि जानकी मन्दिर परिसरमा मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीले संयुक्त रुपमा जनकपुर–अयोध्या सिधा बससेवा (रामायण सर्किट) को उद्घाटन गरेका हुन् ।

बस सेवाको उद्घाटन गर्दै दुवै देशका प्रधानमन्त्रीले दुई देशबीच र जनताबीच सम्बन्ध सुदृढ पार्ने विश्वास व्यक्त गरे । 

अाज विहान जनपुर अवतरण गरेका माेदीलार्इ रक्षामन्त्री र्इश्वर पाेखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु यादवले स्वागत गरेका थिए । 

भारतीय प्रधानमन्त्री माेदीकाे नेपाल भ्रमण लाइभ हेर्न याे भिडियाे हेर्नुस्