समाचार

नेवाः गुठी न्यूयोर्कले मनायो विश्व नेवाः दिवस

न्यूयोर्क । नेवाः गुठी न्यूयोर्कले सातौं विश्व नेवाः दिवस विशेष कार्यक्रम गरी मनाएको छ ।
गुठीका अध्यक्ष विजयमान सिं को अध्यक्षतामा भएको उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाली महावाणिज्य दुतावासकी उपवाणिज्य दुत संगिता न्यौपाने, न्यूयोर्कका लागि पर्यटन प्रबर्द्धक एवं पत्रकार गोकुल श्रेष्ठ, आदिवासी जनजाति महासंघ, अमेरिकाका अध्यक्ष तोरण गुरुंग, हिमालयन बुद्धिष्ट कम्युनिटीका अध्यक्ष हृदय तुलाधर, नेवाः गुठीका संस्थापक एवं सल्लाहकार विके नेवाः र गुठीका संस्थापक अध्यक्ष, सल्लाहकार एवं विश्व नेवाः अर्गनाईजेशनका सल्लाहकार आदित्य महर्जनले विश्व नेवाः दिवसको उपलक्षमा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
संस्थाका महासचिव सुवर्ण शाक्यले सञ्चालन गरेको कार्यक्रममा सहकोषाध्यक्ष सजना महर्जनको स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । त्यस्तै कार्यक्रममा नेपाली अमेरिकन कलाकार संघकी अध्यक्ष बसन्ती राई, मिस नेपाल नर्थ अमेरिका २०२३ जुविली शेर्पा, युनाईटेड किरात राई न्यूयोर्क च्याप्टरकी अध्यक्ष ममता राईलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा गुठीका पूर्व अध्यक्ष एवं सल्लाहकार निर्मल प्रधानले सी गुठीका बारेमा प्रकाश पार्नु भएको थियो । नेवाः गुठी न्यूयोर्कले समुदायलाई फरक ढंगले सहयोग गर्न सी गुठी सञ्चालनमा ल्याएको छ ।
कार्यक्रममा धिमे बाजा नाचको विशेष प्रदर्शन गरिएको थियो । उक्त नाचको संयोजन राजेन्द्र महर्जन, कविना महर्जन, मिन नकर्मी र सन्तोष महर्जनले गर्नु भएको थियो ।
सुन्दर महर्जनको संयोजकत्वमा सम्पन्न भएको सातौं विश्व नेवाः दिवस कार्यक्रममा विभिन्न विषयमा अध्ययनरत विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । जसमा उरुषा महर्जन, प्रिन्स कर्माचार्य, जेम्स कर्माचार्य, प्रिन श्रेष्ठ, आह्रिष तुलाधर र अनुज श्रेष्ठ रहेका छन् । उनीहरुलाई गुठीको तर्फबाट सम्मान पत्र प्रदान गरिएको थियो ।