समाचार

  • नेजाको साधारण सभा बोस्टनमा

    नेजाको साधारण सभा बोस्टनमा नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो १७औं साधारण सभा म्यासाच्युसेट्स राज्यको बोस्टन सहरमा गर्ने भएको छ । टेक्सासको अस्टिनमा भएको नेजाको बैठकले आगामी मे २५ र २६ मा आफ्नो १७औं साधारण सभा गर्ने निर्णय गरेको जनाएको छ । साधारण सभाका लागि नेजाका क्षेत्रीय संयोजक (उत्तर–पूर्व) सुपेन्द्र बस्नेतलाई संयोजक चयन गरिएको महासचिव बाबुराम दाहालले जारी गरेको बक्तव्यमा उल्लेख छ ।

    Read More

  • तेश्रो लगानी सम्मेलनका लागि अमेरिकी लागनीकर्तालाई महावाणिज्य दुतावासको आव्हान

    तेश्रो लगानी सम्मेलनका लागि अमेरिकी लागनीकर्तालाई महावाणिज्य दुतावासको आव्हान अमेरिकी व्यवसायी एवं लगानीकर्तालाई नेपालमा हुन लागेको तेश्रो लगानी सम्मेलनमा सहभागि हुन नेपाली महावाणिज्य दुतावास न्यूयोर्कले आव्हान गरेको छ । न्यूयोर्कस्थित महावाणिज्य दुतावासमा हिजो आयोजना गरिएको “नेपालमा व्यापार, पर्यटन र लगानीका अवसरहरू“ विषयक गोलमेच छलफलमा कार्यवहाक महावाणिज्य दुत विष्णु प्रसाद गौतमले यस्तो आग्रह गर्नु भएको हो ।

    Read More

  • नेपालबाट चोरिएका मूर्ति फिर्ता लिएर नेपाल पुग्यो टोली

    नेपालबाट चोरिएका मूर्ति फिर्ता लिएर नेपाल पुग्यो टोली विभिन्न कालखण्डमा नेपालबाट चोरी गरी तस्करहरुले अमेरिका ल्याएका चार वटा पुरातात्विक मूर्तिहरु नेपाल पुर्याईएको छ । न्यूयोर्क स्थित नेपाली महावाणिज्य दुतावाससँगको समन्वयमा नेवाः गुठीले उक्त पुरातात्वीक मूर्तिहरु नेपाल पुर्याएको हो । मूर्ति नेपाल पठाउनका लागि ठूलो आर्थिक रकम लाग्ने भएपछि कार्यवहाक महावाणिज्य दूत विष्णु प्रसाद गौतमको पहलमा नेवाः गुठी न्यूयोर्कले त्यसको व्यवस्थापन गरेको हो ।

    Read More

  • अमेरिकी सरकारले नेपाललाई दियो चोरी तस्करी भएका पुरातात्विक मूर्ति

    अमेरिकी सरकारले नेपाललाई दियो चोरी तस्करी भएका पुरातात्विक मूर्ति विभिन्न कालखण्डमा नेपालबाट चोरी गरी तस्करहरुले अमेरिका पुर्याएका चार वटा पुरातात्विक मूर्तिहरु अमेरिकी सरकारले नेपाल सरकारलाई फिर्ता गरेको छ । न्यूयोर्क स्थिति जिल्ला सरकारी वकिलको कार्यालयमा आज विशेष कार्यक्रम गरी नेपाली महावाणिज्य दुतावास मार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो ।

    Read More

  • युनाईटेड किरात अर्गनाइजेसन अफ अमेरीकाले मनायो बलिहाङ देउसी-भैलो

    युनाईटेड किरात अर्गनाइजेसन अफ अमेरीकाले मनायो बलिहाङ देउसी-भैलो युनाईटेड किरात अर्गनाइजेसन अफ अमेरिका (युक्रा)ले ११,नोभेम्बर,२०२३ का दिन संयुक्त राज्य अमेरीका न्युयोर्क सहरको एलम्हर्स्ट स्थित घ्याल्सुम्दो सेवासमाजको भवनमा बलिहाङ देउसी-भैलो भब्यताका साथ सम्पन्न गरेको छ ।

    Read More

  • नेवाः गुठी न्यूयोर्कको नेतृत्वमा पुनः विजय

    नेवाः गुठी न्यूयोर्कको नेतृत्वमा पुनः विजय न्यूयोर्क । नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा पुनः विजयमान सिंह निर्वाचित हुनु भएको छ । न्यूयोर्कमा भएको गुठीको नवौं महाधिवेशनले सिंहलाई पुनः निर्वाचित गरेको हो । न्यूयोर्कमा सम्पन्न भएको गुठीको नवौं महाधिवेशनले सिंहको नेतृत्वमा दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

    Read More

  • नेपालमा निर्धक्क लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आग्रह

    नेपालमा निर्धक्क लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आग्रह न्यूयोर्क । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकामा रहेका गैरआवासीय नेपालीहरुलाई नेपालमा निर्धक्क लगानी गर्न आग्रह गर्नु भएको छ । संयुक्त राष्ट्र संघको ७८ औं महासभामा भाग लिन अमेरिका आएको नेपाली प्रतिनिधी मण्डलको स्वागत एवं सम्मानमा आज नेपाली महावाणिज्य दुतावास, न्यूयोर्कले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री दाहालले यस्तो आग्रह गर्नु भएको हो ।

    Read More

  • विदेशमा रहेका नेपाललीलाई मतदानको व्यवस्था गरिने- प्रधानमन्त्री

    विदेशमा रहेका नेपाललीलाई मतदानको व्यवस्था गरिने- प्रधानमन्त्री न्यूयोर्क । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था गरिने बताउनु भएको छ । संयुक्त राष्ट्र संघको ७८ औं महासभामा सहभागि हुन आईतबार न्यूयोर्क आउनु भएका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुसँगको भेटमा यस्तो बताउनु भएको हो । उहाँले विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको जानकारी दिंदै कसैलाई पनि मतदानको अधिकारबाट बञ्चित हुन नदिने बताउनु भयो ।

    Read More

  • मगर संघ अमेरिकाको महाधिबेशन कोलोराडोमा हुने

    मगर संघ अमेरिकाको महाधिबेशन कोलोराडोमा हुने न्यूयोर्क । मगर संघ अमेरिका केन्द्रीय समितिको नवौं राष्ट्रिय महाधिबेशन यहि जुलाई २९, २०२३ मा कोलोराडो राज्यको बोल्डर शहरमा हुने भएको छ । “अमेरिकाको मूल प्रवाहमा मगरहरुको उपस्थिति र सहभागिता – उदाउदो मगर पुस्तालाई मगर भाषा , संस्कार, संस्कृति र नेतृत्व हस्तान्तरण आजको आवश्यकता’’ भन्ने मूल नाराका साथ अमेरिकाको बिभिन्न राज्यका मगरहरुको जमघट कोलोराडोमा हुने भएको छ । अध्यक्ष कुलदीप राना मगरका अनुसार महाधिबेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

    Read More

  • भ्रष्टाचारको आरोप लागेकालाई अमेरिकामा बहिस्कार गरिने

    भ्रष्टाचारको आरोप लागेकालाई अमेरिकामा बहिस्कार गरिने न्यूयोर्क । नेपालमा भ्रष्टाचारको आरोप लागेका व्यक्तिहरुलाई अमेरिकामा सार्वजनिक रुपमा बहिस्कार गरिने भएको छ । प्रवासी नेपाली एकता मञ्च नेपालले न्यूयोर्कमा पत्रकार सम्मेलन गरि यस्तो अभियानको घोषणा गरेको हो । मञ्चले नेपालमा पछिल्लो समय बाहिरिएको नक्कली भुटानी शरणार्थी काण्डले उच्च तहको संगठित अपराधको पर्दाफास भएको भन्दै अव नागरिक तहबाट पनि यस्ता भ्रष्टाचारीहरुलाई बहिस्कार गरिनुपर्ने बताएको हो ।

    Read More