न्युयोर्क

  • घ्याल्सुम्दो सेवा संस्था, अमेरिकाको अधिवेशन सेप्टेम्बर २ मा

    घ्याल्सुम्दो सेवा संस्था, अमेरिकाको अधिवेशन सेप्टेम्बर २ मा न्यूयोर्क । घ्याल्सुम्दो सेवा संस्था, अमेरिकाको अधिवेशन सेप्टेम्बर २ मा अमेरिकाको न्यूयोर्कमा हुने भएको छ । संस्था स्थापनाको १५ औं वार्षिकोत्सव मनाउन लागेको संस्थाले यो अधिवेशनबाट नयाँ नेतृत्व पनि चयन गर्ने भएको छ । १५ औं वार्षिकोत्सव कार्यक्रमलाई विशेष रुपमा मनाउन लागेको संस्थाले यो वर्ष स्मारिका प्रकाशन गर्न लागेको छ । गत वर्ष विधान संशोधन गरी नेतृत्व चयनलाई सहज बनाएको संस्थाले यो वर्षबाट भने सहजरुपमा नेतृत्व पाउने संस्थाका अध्यक्ष छिरिङ्ग राप्के लामाले जानकारी दिनु भयो ।

    Read More

  • न्यूयोर्कमा नेपाली लायन्स क्लवको समन्वयमा आँखा परिक्षण

    न्यूयोर्कमा नेपाली लायन्स क्लवको समन्वयमा आँखा परिक्षण बालबालिकालाई लक्षित उक्त आँखा परिक्षण कार्यक्रममा करिव ४० जना बालकालिका सहभागि भएका थिए । अप्रिल २० तारिख शनिबारका दिन सम्पन्न भएको उक्त कार्यक्रमको सभापतित्व क्लवका अध्यक्ष पुरुषोत्तम पन्थीले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन रुपा भण्डारीले गर्नु भएको थियो । कार्यक्रममा अध्यक्ष पन्थीले सहभागिहरुलाई धन्यवाद दिंदै थप सहयोगका लागि आग्रह गर्नु भएको थियो ।

    Read More

  • नेवाः नखः को अध्यक्षमा विष्णुमान प्रधान निर्वाचित

    नेवाः नखः को अध्यक्षमा विष्णुमान प्रधान निर्वाचित न्यूयोर्क । नेवाः नखः को अध्यक्षमा विष्णुमान प्रधान निर्वाचित भएका छन् । यहिं अक्टोबर १३ तारिखमा न्यूयोर्कमा सम्पन्न भएको अधिवेशनले प्रथम उपाध्यक्षमा महेन्द्र बीर बज्राचार्य, द्वितीय उपाध्यक्षमा बिमला श्रेष्ठ, महासचिवमा डा. नरेशमान शाक्य, सचिवमा संगीता मुखिया छोंचू, कोषाध्यक्षमा दीपक कुमार प्रधान र सहकोषाध्याक्षमा सुजन श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा नम्रता प्रधान, गणेश श्रेष्ठ, कुमार भक्त श्रेष्ठ, भरत शाक्य, महेन्द्र कुमार बज्राचार्य र गौतम कर्माचार्य चयन भएका छन् ।

    Read More

  • न्यूयोर्कमा वसन्तपुरको झल्को, पहिलो पटक मनाईयो इन्द्रजात्रा

    न्यूयोर्कमा वसन्तपुरको झल्को, पहिलो पटक मनाईयो इन्द्रजात्रा न्यूयोर्क । अमेरिकाको न्यूयोर्कस्थित ज्याक्सन हाईट्समा पहिलो पटक यन्या पुन्ही अर्थात इन्द्रजात्रा मनाईएको छ । सेप्टेम्बर २९ तारिख शनिबार नेवाः गुठी न्यूयोर्कले आयोजना गरेको इन्द्रजात्रा परम्परागत शैलीमा मनाईएको हो । पूर्ण परम्परागत शैली र विधिपूर्वक मनाईएको इन्द्रजात्राले ज्याक्सन हाईट्सको डाइभर्सिटी प्लाजाले काठमाडौंको बसन्तपुरको झल्को दिईरहेको थियो ।

    Read More

  • तामाङ समाज अमेरिकाको अध्यक्षमा सानुमाया निर्वाचित

    तामाङ समाज अमेरिकाको अध्यक्षमा सानुमाया निर्वाचित न्यूयोर्क । तामाङ समाज अमेरिकाको प्रथम अधिबेसनबाट सानु माया तामाङ अध्यक्षमा निर्वाचित भएकी छिन् । त्यस्तै अधिवेशनले बरिष्ठ उपाध्याक्षमा ब्रजेश मोक्तान, उपाध्याक्षमा सुमित्र योन्जन , महासचिवमा बुद्धिमान तामाङ र सचिवमा बिनिता तामाङलाई चयन गरेको छ ।

    Read More

  • आदिवासी चलचित्र महोत्सव तथा निफ्फ अवार्डको तयारी पूरा

    आदिवासी चलचित्र महोत्सव तथा निफ्फ अवार्डको तयारी पूरा न्यूयोर्क । नेपाल आदिबासी चलचित्र महोत्सव तथा निफ्फ अवार्ड २०१८, को सम्पुर्ण तयारी पूरा भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका फिप्नाले न्यूयोर्कको ज्याक्सन हाईटमा पत्रकार सम्मेलन गरी महोत्सव तथा अवार्ड कार्यक्रमको तयारी पूरा भएको जानकारी दिएको हो ।

    Read More

  • नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान

    नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान न्यूयोर्क । नेवाः गुठी, न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध निर्वाचित भएका छन् । गुठीको यहि सेप्टेम्बर ९ मा न्यूयोर्कको ज्याक्सन हाईटमा सम्पन्न भएको अधिवेशनले प्रधानको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

    Read More

  • काउन्सिल म्यान कोष्टाको पक्षमा नेपाली अमेरिकन

    काउन्सिल म्यान कोष्टाको पक्षमा नेपाली अमेरिकन न्यूयोर्क । न्यूयोर्कमा नेपाली अमेरिकी समुदायको उपस्थिति बढ्दो छ । यो सँगै यहाँको मुलधारको राजनीतिमा चासो राख्नु पनि स्वभाविक हो । अहिले नेपाली अमेरिकी समुदायको अमेरिकी मुलधारको राजनीतिमा चासो देखिएको छ । पछिल्ला केहि वर्षमा नेपाली समुदायका अगुवाहरुको अमेरिकी मुलधारको राजनीतिमा सहभागिता र पहुँच पनि बढिरहेको छ । यसैमेसोमा अहिले न्यूयोर्कको क्वीन्स बोरो प्रेसिडेन्टका लागि उम्मेदवारी घोषणा गरेका काउन्सिल म्यान कोष्टा कोन्स्टान्टीनिडलाई सहयोग गर्न नेपाली अमेरिकी समुदाय जुर्मुराएको छ ।

    Read More

  • न्युयोर्क मा सवारीचालक अनुमतिपत्र को आबेदन अब नेपाली भाषामा उपलब्ध

    न्युयोर्क मा सवारीचालक अनुमतिपत्र को आबेदन अब नेपाली भाषामा उपलब्ध न्युयोर्क राज्यमा बस्दै आयका नेपाली समुदायहरु को लामो प्रयास पछी अन्तत मोटर बाहन बिभाग (Department of Motor Vehicle), न्युयोर्कले उक्त बिभागसंग सम्बन्धित फारमहरु नेपाली भाषामा तयार पारेको छ । मोटर बाहन बिभागले उक्त जानकारी औपचारिक रुपमा जून १५, २०१८ मा सिटी काउन्सिल मेम्बर कोस्टालाई गरायको उनका सम्पर्क सयोजक जोय चौधरी ले बताएका छन् ।

    Read More

  • पत्रकार श्रेष्ठ न्यूयोर्क सिटी काउन्सिलबाट सम्मानित

    पत्रकार श्रेष्ठ न्यूयोर्क सिटी काउन्सिलबाट सम्मानित न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा सक्रिय पत्रकारिता गर्दै आएका पत्रकार गोकुल श्रेष्ठलाई न्यूयोर्क सिटीका काउन्सिल मेम्बर कोस्टा कन्स्टान्टिनिडेसले सम्मान गरेका छन् । मे ९ तारिख बुधबार न्यूयोर्कको क्वीन्समा आयोजना

    Read More