राजनीति

संविधान दिवस मूल समारोह समिति गठन

काठमाडौं– संविधानसभाबाट नयाँ संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा आगामी असोज २, ३ र ४ गते देशभर विविध कार्यक्रमका साथ संविधान दिवस मनाइने भएको छ । संविधान दिवस मनाउन प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा प्रधानन्यायाधीस, सभामुखसहित उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, राज्यका प्रमुख निकायका पदाधिकारी, राजनीतिक दल, जनसमुदाय र संघ संस्थाका प्रतिनिधिसहितको मूल समारोह समिति गठन गरिएको हो । 
मूल समारोह समितिले विविध कार्यक्रमका साथ संविधान दिवस मनाउने निर्णय गरेको छ । यस अवसरमा असोज ३ गते बिहान ८ वजे सैनिक मञ्च टुडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा भव्य कार्यक्रम हुनेछ । 

१५ भदाै, २०७३ ।