राजनीति

प्रधानमन्त्री प्रचण्डका चार बुँदे निर्देशन

काठमाडौं– विना रुटपरमिटविना सवारी साधन चलाइदा जोखिम निम्तिएको भन्दै सिण्डिकेट खारेजीको माग भईरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले यातायात सेवा प्रदायक कार्यालय थप्न निर्देशन दिएका छन् ।

उनले ६ भदौ विहान भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र यातायात सचिवलाई आफ्नै निवासमा बोलाएर सेवा प्रदायक कार्यालय थप्न निर्देशन दिएका हुन ।

मन्त्री लेखकले आवश्यक गृहकार्य गरेर प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रधानमन्त्रीका चार निर्देशन 
१. यातायात व्यवस्थाको कामलाई व्यवस्थित र प्रभावकारी बनाउन भक्तपुरमा एउटा र काठमाडौंमा थप २ कार्यालय सञ्चालन गरी ४ ठाउँबाट सेवा प्रदान गर्ने व्यवस्था गर्ने,

२. लाइसेन्स लगायतका यातायात सम्बन्धि कामका लागि अनलाइनबाट फारम भर्ने व्यवस्था गर्ने,

३. लाइसेन्सको लिखित परीक्षाका लागि स्कूल÷कलेजको घर भाडामा लिएर ४÷५ हजार जनालाई एकैचोटी परीक्षा लिने व्यवस्था गर्ने,

४. कलेजका स्वयम्सेवा गर्न चाहने विद्यार्थीलाई एक दिनको अभिमूखीकरण तालिम दिएर जनसम्पर्क हुने काममा खट्नसक्ने व्यवस्था गर्ने ।