राजनीति

  • प्रचण्डको अभिव्यक्तिलाई लिएर संसदमा हंगामा

    प्रचण्डको अभिव्यक्तिलाई लिएर संसदमा हंगामा काठमाडौं– आइतबार बसेको व्यवस्थापिका संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिलाई लिएर चर्काचर्की भएको छ । प्रधानमन्त्री प्रचण्डले केहीदिन पहिले अख्तियार प्रमुख लोकमानसिंह कार्कीसँग कुरा मिलिसक्यो भन्ने अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चर्को आलोचना भएको हो ।

    Read More

  • स्थानीय निकायको चुनावका लागि देउवाको नयाँ प्रस्ताव

    स्थानीय निकायको चुनावका लागि देउवाको नयाँ प्रस्ताव काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको पुनःसंरचनामा आयोगले तोकेको संख्यामा सहमति हुन नसके हाल कायम रहेका इलाकालाई आधार मानेर स्थानीय तहको निर्वाचन गरिनुपर्ने बताएका छन्।

    Read More

  • गम्भिर प्रकृतिका घटनालाई सरकारले आममाफी दिदैनः प्रधानमन्त्री

    गम्भिर प्रकृतिका घटनालाई सरकारले आममाफी दिदैनः प्रधानमन्त्री काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले गम्भिर प्रकृतिका मानवअधिकार हननका घटनालाई आममाफी दिन नहुने बताएका छन् । अन्तराष्ट्रिय शान्ति दिवशको अवसरमा शान्ति तथा पुनर्निर्माण मन्त्रालयले बुधबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री दाहालले द्वन्द्वकालमा भएका...

    Read More

  • भारतका लागि प्रस्तावित राजदूत उपाध्यायको १२ गते सुनुवाई हुँदै

    भारतका लागि प्रस्तावित राजदूत उपाध्यायको १२ गते सुनुवाई हुँदै काठमाडौं– भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्यायविरुद्ध संसदीय सुनुवाई विशेष समितिमा तीन वटा उजुरी परेका छन् । सुनुवाई समितिको बुधबार बसेको बैठकले उक्त उजुरीहरु अध्ययनका लागि सदस्यहरुलाई वितरण गरेको छ ।

    Read More

  • प्रधानमन्त्रीले आह्वान गरेको सर्वदलीय बैठक स्थगित

    प्रधानमन्त्रीले आह्वान गरेको सर्वदलीय बैठक स्थगित काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार अपरान्हका लागि डाकेको सर्वदलीय बैठक स्थगित भएको छ। प्रधानमन्त्री दाहालको नीजी सचिवालयका अनुसार सोमबार अपरान्ह २ बजेका लागि तय सर्वदलीय बैठक अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको हो ।

    Read More

  • संविधान दिवस भव्यरुपमा मनाइयो

    संविधान दिवस भव्यरुपमा मनाइयो काठमाडौँ– नेपालको संविधान जारी भएको पहिलो वार्षिकोत्सवका अवसरमा काठमाडौंमा विशेष समारोह आयोजना गरियो । संविधान दिवस मूल समारोह समितिद्वारा सोमबार नेपाली सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको अयोजना भएको थियो ।

    Read More

  • प्रधानमन्त्री दाहाल अमेरिका नजाने भए

    प्रधानमन्त्री दाहाल अमेरिका नजाने भए काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालको अमेरिका भ्रमण स्थगित भएको छ । भारतको चार दिने भ्रमण पूरा गरेर आइतबार फर्किएका प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको ७१ औं महासभामा भाग लिन सोमबार अमेरिकाको न्यूयोर्क जाने कार्यक्रम थियो । त्यसका लागि भ्रमण टोली समेत सार्वजनिक भइसके पनि प्रधानमन्त्री दाहालले आइतबार राति एकाकए भ्रमण स्थगित गरेका छन् ।

    Read More

  • भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री

     भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमण सकेर काठमाडौं आइपुगेका छन्। नेपाल वायु सेवा निगमको विमानमा उनी दिल्लीबाट काठमाडौं आइपुगेका छन्। उनले भ्रमण सफल भएको प्रतिक्रिया दिए।

    Read More

  • दिल्लीबाटै न्यूयोर्क उडे परराष्ट्रमन्त्री

    दिल्लीबाटै न्यूयोर्क उडे परराष्ट्रमन्त्री काठमाडौं– संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री प्रकाशशरण महत दिल्लीबाटै न्यूयोर्क उडेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालसँगै भारत भ्रमणमा रहेका मन्त्री महत दिल्लीका औपचारिक भेटवार्ता सकिएपछि आइतबार बिहान ४ बजे यतैबाट न्यूयोर्क उडेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए।

    Read More

  • प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किंदै

    प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किंदै काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्नो चारदिने राजकीय भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किनुहुने भएको छन् । प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते भारत जानुभएको थियो ।

    Read More