राजनीति

  • महाभियोग प्रस्तावबारे तीन दलको सहमति यस्तो...

    महाभियोग प्रस्तावबारे तीन दलको सहमति यस्तो... काठमाडौं– प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमा मिलेर जान सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच...

    Read More

  • बजेट आश्रित विधेयक बहुमतले पारित

    बजेट आश्रित विधेयक बहुमतले पारित काठमाडौं– चालु आर्थिक वर्षको बजेट आश्रित विधेयकहरु व्यवस्थापिका–संसद्बाट पारित भएको छ। केपी शर्मा आली नेतृत्वको सरकारले बजेट ल्याए पनि बजेट आश्रित विधेयकहरु भने प्रचण्ड नेतृत्वको सरकारको समयमा पारित भएका हुन् ।

    Read More

  • राप्रपा नेपाल अध्यक्ष थाप र जापानी विदेशमन्त्रीबीच भेटवार्ता

    राप्रपा नेपाल अध्यक्ष थाप र जापानी विदेशमन्त्रीबीच भेटवार्ता काठमाडौं– जापान भ्रमणमा रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले बुधबार जापानका विदेश राज्यमन्त्री किसी नोबुओसँग भेट गरेका छन्। विदेश राज्यमन्त्री नोबुओसँगको भेटमा थापाले नेपालमा भूकम्पपछि जापान सरकारले उद्धार, राहत र पुर्ननिर्माणमा पुर्याएको सहयोगको प्रशंसा गरेका थिए।

    Read More

  • गम्भीर गृहकार्यमा छौंः प्रधानमन्त्री

    गम्भीर गृहकार्यमा छौंः प्रधानमन्त्री चितवन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनमा सबै पक्षको सहमति जुट्ने बताएका छन्। बुधबार प्रेस सेन्टर नेपाल चितवन शाखाले भरतपूरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले भने, ‘हामी गम्भीर गृहकार्यमा छौं।’

    Read More

  • चुनाव हुन पहिले दलहरुबीच सहमति आवश्यकः मन्त्री निधि

    चुनाव हुन पहिले दलहरुबीच सहमति आवश्यकः मन्त्री निधि काठमाडौं– उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय निकायको चुनाव सम्पन्न गराउनका लागि पहिले दलहरुबीच सहमति हुनुपर्ने बताएका छन् । सरकार समेत राजनीतिक सहमति नभई कुनै पनि निर्वाचन गर्न सकिन्न भन्ने मनस्थितिमा पुगेको बताएका हुन् ।

    Read More

  • गलत सूचनाको आधारमा फिर्ता बोलाइयोः उपाध्याय

    गलत सूचनाको आधारमा फिर्ता बोलाइयोः उपाध्याय काठमाडौं– भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्यायले आफूमाथि गलत आरोप लगाइएको बताएका छन्। बुधवार संसदीय सुनुवाई विशेष समितिमा उनले आफूलाई सरकार फेर्न भूमिका खेलेको भनेर गलत आरोप लगाएको बताएका हुन् ।

    Read More

  • इलाकालाई स्थानीय तह मान्ने निर्णयप्रति कांग्रेसको असन्तुष्टि

    इलाकालाई स्थानीय तह मान्ने निर्णयप्रति कांग्रेसको असन्तुष्टि काठमाडौं– इलाकालाई आधार मानेर स्थानीय तहको सीमाकंन र संख्या निर्धारण गर्ने सरकारको निर्णयप्रति कांग्रेसकै सांसदहरुले असन्तुष्टि जनाएका छन्। वुधबर राज्य व्यवस्था समितिको बैठकमा कांग्रेसका मधेशी सांसदहरुले यो निर्णयले मधेशमाथि अन्याय गरेको बताए।

    Read More

  • दसैंअघि नै संविधान संसोधन प्रस्ताव पेश गर्ने सहमति

    दसैंअघि नै संविधान संसोधन प्रस्ताव पेश गर्ने सहमति काठमाडौं– संयुक्त मधेसी मोर्चाका नेता र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भएको वार्तामा दसैं अगाडि नै व्यवस्थापिका–संसदमा संविधान संसोधनको प्रस्ताव पेश गर्ने सहमति भएको छ। मोर्चाले प्रधानमन्त्रीसमक्ष संविधान संसोधन, मुद्दा फिर्ता र स्थानीय निकायको पुनर्संरचनाका बारेमा धारणा मागेको थियो।

    Read More

  • दुर्घटनाको छानविन गर्न पाँच सदस्यीय समिति गठन

    दुर्घटनाको छानविन गर्न पाँच सदस्यीय समिति गठन काठमाडौं– सरकारले पूर्वगृहमन्त्री माधव घिमिरे चढेको जीप दुर्घटना र मंगलबार धादिङमा भएको यात्रुवाहक बस दुर्घटनाको छानविनका लागि पूर्वप्रहरी महानिरीक्षक कुवेरसिं रानाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । समितिलाई मुग्लिन नारायणगढ सडक खण्डमा दुर्घटना न्युनिकरण गर्ने तथा सवारी आवागन सहज बनाउने उपायबारे सुझाव दिन कार्यक्षेत्र पनि तोकिएको छ ।

    Read More

  • पुनःनिर्माणको काम युद्धस्तरमा गर्न प्रमको निर्देशन

     पुनःनिर्माणको काम युद्धस्तरमा गर्न प्रमको निर्देशन काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले पुनःनिर्माण प्राधिकरणलाई परिणाममुखी काम युद्धस्तरमा गर्न निर्देशन दिएका छन्। राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठकमा प्रधानमन्त्री दाहालले सरकारको घोषणा अनुसार नतिजा निकाल्ने गरी काम गर्न निर्देशन दिएका हुन्।

    Read More