राजनीति

राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटवार्तामा प्रधानमन्त्री दाहालले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा राष्ट्रपतिलाई जानकारी गराएका थिए।

प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले नियमित भेटवार्ताका क्रममा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको जानकारी दिए।  सो भेटमा नेपालको संविधानअनुसार आगामी २०७४ माघभित्र सम्पन्न गर्नुपर्ने विभिन्न निर्वाचन र संविधान कार्यान्वयनका विषयमा कुराकानी भएको बताइएको छ।