विश्व

  • होटेलमा आक्रमण, १४ जना मारिए

    होटेलमा आक्रमण, १४ जना मारिए एजेन्सी । इस्लामिक समूह अल–शबाब आक्रमणमा १४ जना मारिएका छन् । सोमालियाको राजधानी मोगादिशुको एक होटलमा गरेको आक्रमणमा कम्तिमा १४ जना मारिएका हुन् । अल–शबाबका लडाकुले मोगादिशुको नासो हाबोल्ड होटलमा आक्रमण गरेको प्रहरीले जनाएको छ ।

    Read More

  • चीनमा टोर्नाण्डो आँधीमा परी ७८ जनाको मृत्यु

    चीनमा टोर्नाण्डो आँधीमा परी ७८ जनाको मृत्यु चीन । चीनमा टोर्नान्डो आँधीमा परी ७८ जनको मृत्यु भएको छ । केही दिन यता परेको भीषण वर्षासँगै आएको आँधीमा परी ५ सय भन्दा घाइते भएका छन् । घाइतेमध्ये दुई सय जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

    Read More

  • ओरलाण्डो आक्रमण अघिको फोनवार्ता...

    ओरलाण्डो आक्रमण अघिको फोनवार्ता... एजेन्सी– अमेरिकाको ओरलाण्डोमा अन्धाधुन्ध गोली प्रहार गरी ४९ जनाको हत्या गर्ने व्यक्तिले उमर इस्लामिक सैनिक भएको खुलेको छ । ओरल्याण्डको एक पुरुष समलिंगी रात्री क्लबमा आक्रमण गरेका उमर मतिनले प्रहरीलाई गरेको फोनको क्रममा आफूलाई इस्लामिक सैनिकको रुपमा परिभाषित गरेको खुलेको हो । उमरले आक्रमण अघि प्रहरीको आकश्मिक नम्बर ९११ मा फोन गरेका थिए ।

    Read More

  • डुङ्गा दुर्घटनामा १२ जनाको ज्यान गयो

    डुङ्गा दुर्घटनामा १२ जनाको ज्यान गयो मस्को (एजेन्सी) । रसियाको उत्तरी भूभागमा अवस्थित एक तालमा दुई डुङ्गा हुँदा १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश बालबालिका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् । रातिको समयमा गृष्म ऋतुको शिविरमा गएका बालबालिका स्यामोजिरो तालमा डुबेका रसियाली समाचार संस्थाले जनाएको छ । मस्कोबाट एक हजार किलोमिटर उत्तरस्थित करेलिया क्षेत्रमा रहेको उक्त

    Read More

  • फ्रान्समा हिंसात्मक झडप, ३६ जना पक्राउ

    फ्रान्समा हिंसात्मक झडप, ३६ जना पक्राउ एजेन्सी । फ्रान्समा जारी युरोकपमा सुरक्षाका दृष्टिले खतरा रहेको विदेशी राष्ट्रहरुले बताइरहँदा रुस र इङ्ल्यान्डबीचको खेल भइरहेका बेला झडप भयो । झडप हुँदा १६ जना गम्भिर घाइते भए । फ्रान्सेली प्रहरीले हुलदंगामा संलग्न भएको आरोपमा ३६ जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । उनीहरुलाई फ्रान्सको लिलेबाट पक्राउ गरिएको हो । फ्रान्समा जारी युरो कपअन्तर्गत गत बुधबार भएको इङ्ल्यान्ड र रुसबीचको खेलका क्रममा हिंसात्मक झडप भएको थियो । झडपका क्रममा कम्तिमा ३० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    Read More

  • अमेरिका, जापान र भारतबाट संयुक्त सैन्य अभ्यास

    अमेरिका, जापान र भारतबाट संयुक्त सैन्य अभ्यास एजेन्सी । दक्षिण चीन सागरमा चीनको बढ्दो गतिविधिकाबीच भारत, जापान र अमेरिकाले शुक्रबारबाट संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । तीनै देशका सेनाले एकसातासम्म समुद्री सैन्य अभ्यास गर्ने भएका छन् । उक्त संयुक्त अभ्यासलाई ‘मालाबार’ नाम दिइएको छ । यो सैन्य अभ्यासमा तीन देशका ३० भन्दा बढी ठूला समुद्रीसैन्य जहाज उतारिएको छ ।

    Read More

  • नाइट क्लबमा गोलाबारी, ३० जना मारिए

    नाइट क्लबमा गोलाबारी, ३० जना मारिए एजेन्सी । अमेरिकाको फ्लोरिडास्थित एक नाइट क्लबमा भएको गोलाबारीमा ३० जनाले ज्यान गुमाएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाए अनुसार पुरुष समलिङ्गीहरुको पल्स नाइट क्लबमा भएको गोलीबारीमा ३० जना मारिएका हुन् । सामाजिक सञ्जाल र स्थानीय सञ्चारमाध्यममा आएको समाचार अनुसार ओरल्यान्डोस्थित यस क्लबमा आक्रमणकारीले मानिसहरुलाई बन्धक पनि बनाएको जनाइएको छ ।

    Read More

  • बम विस्फोटमा १८ जनाको मृत्यु

    बम विस्फोटमा १८ जनाको मृत्यु एजेन्सी । इराकको राजधानी बग्दाद र उत्तरी बग्दादमा भएको विस्फोटनमा १८ जनाको मृत्यु भएको छ । उत्तरी बग्दादमा रहेका एक सैनिक शिवीरनजिकै आत्मघाती कारबम विस्फोट र इराकको राजधानीमा रहेको बजार इलाकानजिकै भएको अर्को एक बिस्फोटनमा परी ती १८ व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय समयाअनुसार बिहीबार बिहान ९ बजे विस्फोट भएको थियो ।

    Read More

  • बन्दुकधारीको आक्रमणमा ४ इजरायलीको मृत्यु

    बन्दुकधारीको आक्रमणमा ४ इजरायलीको मृत्यु एजेन्सी । प्यालेस्टाइनी बन्दुकधारीको आक्रमणबाट इजरायलको टेल अविव शहरमा चार जनाको ज्यान गएको छ । बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तिमा चार जनाको ज्यान गएको इजरायली प्रहरीले जनाएको छ । इजरायली रक्षा मन्त्रालय अगाडि रहेको शपिङ कम्प्लेक्समा प्यालेस्टाइनी बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका थिए । इजरायली प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको छ । ती मध्ये एक जनाको अस्पतालमा उपचार भइरहेको छ ।

    Read More

  • अज्ञात समूहको आक्रमणमा ११ मारिए

    अज्ञात समूहको आक्रमणमा ११ मारिए काठमाडौं । इस्तानबुलको बेयाजित क्षेत्रमा अज्ञात समूहको परी ११ जनाको मृत्यु भएको छ । अज्ञात समूहले गराएको बम विस्फोटमा परी ७ जना प्रहरीसहित ११ जनाको मृत्यु भएको हो । पर्यटकीय क्षेत्र नजिकै गरिएको उक्त आक्रमणमा ३६ जना घाइते भएको बताइएको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले घटनामा प्रतिबन्धित कुर्दिस्तान पार्टीको संलग्नता रहेको दाबी गरेका छन । उनले कुर्दिस्तान विद्रोहीका यस्ता आक्रमण नयाँ नभएको भन्दै यसबाट सरकार नतर्सिने बरू अझ सशक्तरुपमा प्रतिरोधमा उत्रिने जनाएका छन् ।

    Read More