विश्व

चीनमा टोर्नाण्डो आँधीमा परी ७८ जनाको मृत्यु

चीन । चीनमा टोर्नान्डो आँधीमा परी ७८ जनको मृत्यु भएको छ । केही दिन यता परेको भीषण वर्षासँगै आएको आँधीमा परी ५ सय भन्दा घाइते भएका छन् । घाइतेमध्ये दुई सय जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

पूर्वी चीनको जियाङग्सु प्रान्त तुफानका कारण धेरै मानिस प्रभावित भएको  चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । जियाङग्सु प्रान्तको याचेंग शहरमा धेरै घरहरु भत्किएका छन् । चीनको धेरैजसो भू–भागमा यो हप्ता मुसलाधारे वर्षा  भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यस्तै चीनको मध्ये क्षेत्रमा बाढी आउँदा २२ जनाको ज्यान गएको छ  । २ लाख मानिस विस्थापित भएका छन् । बाढीका कारण दुई अर्ब सात करोड युआन बराबरको आर्थिक क्षति भएको चीन सरकारले जनाएको छ ।