विश्व

बम विस्फोटमा १८ जनाको मृत्यु

एजेन्सी । इराकको राजधानी बग्दाद र उत्तरी बग्दादमा भएको विस्फोटनमा  १८ जनाको मृत्यु भएको छ । उत्तरी बग्दादमा रहेका एक सैनिक शिवीरनजिकै आत्मघाती कारबम विस्फोट र इराकको राजधानीमा रहेको बजार इलाकानजिकै भएको अर्को एक बिस्फोटनमा परी ती १८ व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय समयाअनुसार बिहीबार बिहान ९ बजे विस्फोट भएको थियो ।  बग्दादको स्वास्थ्य अधिकारीहरुले यस हताहतिको पुष्टि गरेका छन् । घाइते मध्ये केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने समते स्वास्थ्य अधिकारीहरुले अनुमान गरेका छन् । आक्रमणको अहिलेसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् ।