विश्व

ओरलाण्डो आक्रमण अघिको फोनवार्ता...

एजेन्सी– अमेरिकाको ओरलाण्डोमा अन्धाधुन्ध गोली प्रहार गरी ४९ जनाको हत्या गर्ने व्यक्तिले उमर इस्लामिक सैनिक भएको खुलेको छ । 

ओरल्याण्डको एक पुरुष समलिंगी रात्री क्लबमा आक्रमण गरेका उमर मतिनले प्रहरीलाई गरेको फोनको क्रममा आफूलाई इस्लामिक सैनिकको रुपमा परिभाषित गरेको खुलेको हो । उमरले आक्रमण अघि प्रहरीको आकश्मिक नम्बर ९११ मा फोन गरेका थिए ।

अमेरिकाको संघीय जाँच आयोग एफबिआइएले उमर र  प्रहरीबिचको टेलिफोन वार्ता सार्वजनिक गरेको छ । उमरले आक्रमण सुरु भएको ३० मिनेट भित्रमा चार पटक प्रहरीको आकश्मिक नम्बरमा फोन गरेको एफबिआइले उल्लेख गरेको छ । 

मतिनले त्यसपछि ओरलाण्डो प्रहरीको विपद व्यवस्थापन टिमसँग तीन पटक टेलिफोन वार्ता गरेका थिए । त्यस क्रममा उनले आफूलाई इस्लामिक सैनिकको रुपमा परिचय गराएका थिए । आक्रमणको क्रममा गरेका टेलिफोनको क्रममा पनि उमर शान्त रुपमा प्रहरीसँग कुरा गरेको एफबिआइका प्रवक्ताले बताएका छन् । उमरले आफू इस्लामिक स्टेट आइएसको प्रतिनिधि भएको पनि बताएका थिए । ४९ जनाको हत्या गरेका उमरको प्रहरीको जवाफी कारबाहीमा ज्यान गएको थियो ।