विश्व

  • यी यौन पिपाशुलाई २२ वर्षको जेल सजाय

    यी यौन पिपाशुलाई २२ वर्षको जेल सजाय एजेन्सी । दुईसय बच्चालाई यौन शोषण गर्ने एक यौन पिपाशुलाई २२ वर्ष जेल सजाय सुनाइएको छ । ब्रिटेनको एक अदालतले ३० वर्षिय रिचर्ड हकलले सन् २००४ देखि २०१४ को समयमा मलेसियाका दर्जनौ बच्चाहरुलाई यौन शोषण गरेको भन्दै अदालतले २२ वर्षको जेल सजाय सुनाएको हो । उनले यौन शोषण गरेको बच्चाहरु ६ महिना देखि १२ वर्षका रहेको जनाइएको छ । ब्रिटिश नागरिक रिचर्ड हकलले मलेसियामा बच्चाको यौन शोषण सम्बन्धी ७१ वटा आरोप स्वीकार गरेका थिए ।

    Read More

  • जाट आन्दोलनले मोदी सरकार संकटमा

    जाट आन्दोलनले मोदी सरकार संकटमा भारत (एजेन्सी) । भारतको हरियाणा राज्यमा शुरु भएको जाट अन्दोलनले मोदी सरकार संकटमा परेको छ । केही महिना पहिले देखि जाट आन्दोलन जारी छ । बीचमा आन्दोलन केही सुस्ताए पनि अहिले पुनः आन्दोलन चर्किएको छ । जाट आन्दोलन फेरि शुरु भएपछि सुरक्षा संयन्त्र कडा पारिएको भारतिय सञ्चार माध्यामहरुले उच्च प्राथमिकताकासाथ समाचार प्रशारण र प्रकाशन गरेका छन् । गत आइतबार हरियाणा राज्यको नौ जिल्लाका जाट समुदायले आरक्षणलाई लिएर आन्दोलन सशक्त बनाएका हुन् ।

    Read More

  • जिका प्रकोपबारे अध्ययन गर्न विज्ञको टोली ब्राजिलमा

    जिका प्रकोपबारे अध्ययन गर्न विज्ञको टोली ब्राजिलमा एजेन्सी । जिका भाइरसका कारण ब्राजिलको रियो द जेनरियोमा हुने गृष्मकालीन ओलम्पिक प्रभावित हुने भएपछि अध्ययन गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले विज्ञहरुको टोली ब्राजिल पठाएको छ । अध्ययन टोलीले जीका भाइरस प्रकोपको विषयमा अध्ययन गरी ब्राजिलमा ग्रिमकालीन ओलम्पिक गर्न हुने वा नहुने विषयमा टुंगो लगाउने छ । डब्लुएचओले पठाएको टोलीलाई जीका भाइरको प्रकोपका विषयमा प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । जिका भाइरसप्रति संवेदनशील बन्दै गृष्मकालीन ओलम्पिक खेलको समय वा स्थान परिवर्तन गर्न १५० चिकित्सक सहित केही वैज्ञानिक तथा विश्व समुदायबाट व्यक्त चासोलाई मध्यनजर गर्दै उक्त टेलीलाई ब्राजिल पठाइएको हो ।

    Read More

  • सुडानमा २५ सैनिकको हत्या

    काठमाडौं । दक्षिण सुडानमा विद्रोही समूहले राखेको विद्युतीय धरापमा परी २५ सैनिकको ज्यान गएको छ । दक्षिण कोर्दोफान क्षेत्रमा विद्रोही समुहले राखेको धरापमा परी २५ जना सुरक्षाकर्मीको मृत्यु भएको हो । विद्यूतीय धरापमा परी २५ जना सरकारी सैनिकको ज्यान गएको र अरु कैयौं घाइते भएका जनाएका छन् । साथै उनले उक्त धरापमा पारी अत्याधुनिक दुई वटा सवारी साधन पनि क्षतिग्रस्त बनाएको जनाएका छन् ।

    Read More

  • बन्दूकधारीको आक्रमणबाट १० जना मारिए

    बन्दूकधारीको आक्रमणबाट १० जना मारिए एजेन्सी । सोमालियाको राजधानी मोगादिशुस्थित एक होटलमा बन्दुकधारीले आक्रमण गर्दा १० जना मारिएका छन् । ४० भन्दा धेरै मानिस घाइते भएका छन् । मृत्यु हुनेमा दुई सांसद पनि रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । प्रत्यक्षदर्शीका अनुसार एम्बेस्डर होटलको बाहिर आक्रमणकारीले विस्फोट गराएका थिए । विष्फोटलगत्तै उनीहरु होटल प्रवेश गरी अन्धाधुन्ध गोली चलाएको थिए ।

    Read More

  • दुर्घटना हुनै लागेको डुङ्गाबाट १९ जनाको उद्धार

    दुर्घटना हुनै लागेको डुङ्गाबाट १९ जनाको उद्धार लन्डन । फ्रान्सको बाटो हुँदै बेलायत हिँडेकौ एक डुंगामा सवार शरणार्थीको उद्धार गरिएको छ । बेलायती सामुद्रिक सेनाले डुब्नै लागेको शरणार्थी सवार डुङ्गाबाट १९ जनाको सकुसल उद्धार गरेका हुन् । उद्धारपछि शरणार्थीलाई सीमा सुरक्षा बलको जिम्मा लगाइएको छ । शरणार्थीहरुबारे छानविन शुरु गरिएको छ । डुंगा डुब्न लागेपछि उद्धारका लागि बेलायती सेनाको गुहार खोजिएको थियो । कालायसिस र डोभरको तटमा दुर्घटनाउन्मुख डुङ्गासहितका मानिसलाई खोज्दै

    Read More

  • तालिवानद्वारा मुल्लाह मारिएको पुष्टि

    तालिवानद्वारा मुल्लाह मारिएको पुष्टि अफगानिस्तान । सशस्त्र विद्रोही संगठन तालिवानका नेता मुल्लाह अख्तर मन्सुरमा मारिएको पुष्टि भएको छ । अफगानस्तिानमा विगतका वर्षहरुदेखि सशस्त्र विद्रोह र हिंसा मच्चाइरहेको सो संगठनका मुख्य नेताको मृत्युको समाचार केही दिनयतादेखि विभिन्न सञ्चारमाध्यममा आएको थियो । उनीहरुले आफ्नो वेभसाइटमा सो समाचारको आधिकारिकताको समाचार राखेका छन् । अमेरिकी सेनाको हवाई कारबाहीका क्रममा ती मुल्लाह पाकिस्तानमा मारिएका हुन् ।

    Read More

  • ह्वाइट हाउस बाहिर गोली चल्यो

    ह्वाइट हाउस बाहिर गोली चल्यो न्यूयोर्क । अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसको बाहिरको भागमा एक व्यक्तले अन्धाधुन्द गोली प्रहार गरेका छन् । प्रहरीका अनुसार मुख्य भवन नजिकै रहेको चेकपोस्टमा एकजना हतियार बोकेको व्यक्तिले गोली प्रहार गरेसँगै सुरक्षाकर्मीले जवाफी कारबाही थालेको हो । सुरक्षाकर्मीको गोली लागेर अन्धाधुन्ध गोली चलाउने व्यक्ति घाइते भएका छन् । गोलि चलेको समय राष्ट्रपति बराक ओबामा भने मेरिल्याण्डमा गल्फ खेलिरहेको र उपराष्ट्रपति भने ह्वाइटहाउसमै

    Read More

  • इजिप्ट एयरको विमान दुर्घटना

    इजिप्ट एयरको विमान दुर्घटना काठमाडौं । (एजेन्सी)– पेरिसबाट इजिप्टको राजधानी कायरोका लागि उडेको इजिप्ट एयरको विमान दुर्घटनाग्रस्त भएको छ । बिहीबार बिहान पेरिसबाट उडेको सो विमान दुर्घटनामा परेको हो । सो विमानमा यात्रु र चालक दलका सदस्य समेतगरी ६६ जना सवार थिए । इजिप्टको समुद्री किनार र ग्रीकको एक द्वीपको बीचमा सो विमान दुर्घटनामा परेको जनाइएको छ । उद्वारकर्मीहरू सो विमानको भग्नावशेष भने भेटाउन सकेका छैनन् ।

    Read More

  • भारतीय प्रधानमन्त्री मोदी इरान जाँदै

    भारतीय प्रधानमन्त्री मोदी इरान जाँदै काठमाडौं । (एजेन्सी)– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यसैहप्ता इरानको भ्रमणमा जाने भएका छन् । उनको इरान भ्रमणका वेला महत्वपूर्ण सन्धी तथा सम्झौता हुने भारतीय सञ्चार माध्यामले जनाएका छन् । मोदी इरानसँग व्यापारिक सम्झौताका लागि त्यसतर्फ जान लागेको बताइएको छ । सन् २०११ मा इरानमाथि नाकाबन्दी लगाइएपछि भने भारतको इरानमाथिको निर्भरता घट्दै गएको थियो । मोदीको भ्रमणपछि पुनः इन्धन आयातमा सफलता हात मिल्नेछ ।

    Read More