विश्व

डुङ्गा दुर्घटनामा १२ जनाको ज्यान गयो

मस्को (एजेन्सी) ।   रसियाको उत्तरी भूभागमा अवस्थित एक तालमा दुई डुङ्गा हुँदा १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश बालबालिका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् ।

रातिको समयमा गृष्म ऋतुको शिविरमा गएका बालबालिका स्यामोजिरो तालमा डुबेका रसियाली समाचार संस्थाले जनाएको छ ।

मस्कोबाट एक हजार किलोमिटर उत्तरस्थित करेलिया क्षेत्रमा रहेको उक्त तालमा भएको डुङ्गा दुर्घटनामा यात्रारत ३६ जनालाई घटनापछि सुरक्षित उद्धार गरिएको छ । मृतकमध्ये १० जना बालबालिका राजधानी मस्कोबाट गृष्मकालीन बिदा मनाउन त्यहाँ पुगेका थिए । उनीहरु १२–१५ वर्ष उमेर समूहका रहेका बताइएको छ ।