विश्व

फ्रान्समा हिंसात्मक झडप, ३६ जना पक्राउ

एजेन्सी । फ्रान्समा जारी युरोकपमा सुरक्षाका दृष्टिले खतरा रहेको विदेशी राष्ट्रहरुले बताइरहँदा रुस र इङ्ल्यान्डबीचको खेल भइरहेका बेला झडप भयो । झडप हुँदा १६ जना गम्भिर घाइते भए । फ्रान्सेली प्रहरीले हुलदंगामा संलग्न भएको आरोपमा ३६ जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

उनीहरुलाई फ्रान्सको लिलेबाट पक्राउ गरिएको हो । फ्रान्समा जारी युरो कपअन्तर्गत गत बुधबार भएको इङ्ल्यान्ड र रुसबीचको खेलका क्रममा हिंसात्मक झडप भएको थियो । झडपका क्रममा कम्तिमा ३० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

विश्व शक्तिशाली राष्ट्र अमेरिकाले त्यहाँ रहेका आफ्नो देशका नागरिकलाई सचेत रहन र संयमता अपनाउन आग्रह गरेको छ । फ्रान्सले भने सुरक्षा व्यवस्था निकै नै कडा बनाइएको हुँदा डराउनु पर्ने अवस्था नरहेको दाबी गरेको छ । तर पनि आतंककारी संञ्जाल इस्लामिक स्टेटले फ्रान्समा विभिन्न समयमा आक्रमण गरिरहेको हुँदा फ्रास विद्रोहीको निसानामा रहेको पाइन्छ ।