विश्व

  • जम्मु काश्मिरमा गोलाबारी, युद्धको त्रास

     जम्मु काश्मिरमा गोलाबारी, युद्धको त्रास एजेन्सी– भारत र पाकिस्तानको नियन्त्रण रेखा अखनुर सेक्टरमा गोलाबारी भएको छ। समाचार संस्था बीबीसीका अनुसार पछिल्लो ३६ घन्टामा तेस्रो पटक गोलाबारी भएको हो। जम्मुमा तैनाथ भारतीय सुरक्षा अधिकारीले पाकिस्तानले फरवार्ड पोस्टमा छोटो हतियारद्धारा फायरिङ गरेको बताएको छ।

    Read More

  • ५० वर्षपछि अमेरिकाले क्युबामा राजदूत पठायो

    ५० वर्षपछि अमेरिकाले क्युबामा राजदूत पठायो एजेन्सी– विश्व शक्तिशाली मुलुक अमेरिकाले ५० वर्षपछि क्यूवाका लागि राजदूत पठाएको छ । राष्ट्रपति बाराक ओबामाले ५० वर्षपछि पहिलो पटक क्युवाका लागि राजदूत नियुक्त गरेका हुन्। राष्ट्रपति ओबामाले जेफ्री डेलौरेन्ट्सलाई क्युबाका लागि राजदूत नियुक्त गर्दा आफूलाई गौरव लागेको विज्ञप्तिमार्फत् जनाएका छन्।

    Read More

  • नोबेल शान्ति पुरस्कार विजेता पेरेजको निधन

    नोबेल शान्ति पुरस्कार विजेता पेरेजको निधन एजेन्सी– नोवेल शान्ति पुरस्कार विजेता ईजरायलका पूर्वराष्ट्रपति तथा प्रधानमन्त्री सिमोन पेरेजको बुधबार निधन भएको छ। दुई साता अघिदेखि सिकिस्त बिरामी रहेका पेरेजको ९३ वर्षको उमेरमा स्थानीय समयअनुसार बिहान ३ बजे निधन भएको पेरेजका छोरी–ज्वाइँ रफी वालडेनले जानकारी दिए।

    Read More

  • भारत–पाकिस्तानको वाकयुद्धमा नेपालको नाम...

    भारत–पाकिस्तानको वाकयुद्धमा नेपालको नाम... एजेन्सी– जम्बु–काश्मिरमा एक साताअघि भएको हमलापछि भारत–पाकिस्तानबीच भीषण वाकयुद्ध चलिरहेको छ । दुवै देशले एक अर्कालाई आरोप प्रत्यारोप लगाइरहेका छन् । भारतले कास्मिर हमलालाई लिएर पाकिस्तान आतंकवादी मुलुक भन्ने सम्मको आरोप लगाएको छ भने पाकिस्तानले कास्मिरमा भारतले मानवअधिकार हनन् गर्ने काम गरेको दाबी गर्दै आएको छ ।

    Read More

  • वासिंगटनमा गोलीकाण्डः चार जना मारिए

    वासिंगटनमा गोलीकाण्डः चार जना मारिए न्यूयोर्क– अमेरिकाको वाशिंगटन राज्यस्थित उत्तरपश्चिमी इलाकामा भएको गोलीकाण्डमा चार जना मारिएका छन् । सियाटलबाट ६५ माइल उत्तरमा पर्ने बर्लिङ्टनस्थित क्यासकेड मलमा स्थानीय समयअनुसार साँझ साढे ७ बजे एक हिस्पानिक समुदायको व्यक्तिले गोली प्रहार गरेको

    Read More

  • अमेरिका र रुसबीच आरोप–प्रत्यारोप

    अमेरिका र रुसबीच आरोप–प्रत्यारोप एजेन्सी– सिरिया घटनालाई लिएर अमेरिका र रसियाबीच आरोप–प्रत्यारोप चर्किएको छ । अमेरिकाले सिरियाको राहत सामग्री बोकेको ट्रक आक्रमणमा रुस जिम्मेवार भएको आरोप लगाएसँगै रुसले पनि त्यसको प्रतिवाद गरेको हो ।

    Read More

  • सिरियाली सरकारलाई राष्ट्रसंघको अपील

    सिरियाली सरकारलाई राष्ट्रसंघको अपील एजेन्सी– संयुक्त राष्ट्रसंघले सिरियाली सरकारलाई मानअधिकारका घटना उल्लंघन नगर्न अपिल गरेको छ । राष्ट्रसंघका महासचिव बान कि मुनले संयुक्त राष्ट्रसंघ महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सिरियाली सरकारले आफनै नागरिकको हत्या गरिरहेको जिकीर गर्दै तत्काल युद्ध रोक्न अपील गरेका हुन् ।

    Read More

  • न्युयोर्कमा बिस्फोट, कम्तिमा २५ जना घाइते

    न्युयोर्कमा बिस्फोट, कम्तिमा २५ जना घाइते न्यूयोर्क– अमेरिकाको न्युयोर्क सिटीमा बिस्फोट भएको छ । बिस्फोटनमा परि कम्तिमा २५ जना घाइते भएको अमेरिकाको अग्नी विभागलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् ।

    Read More

  • पानीसम्बन्धी विवाद चुलिएपछि ४० बजसमा आगजनी

    पानीसम्बन्धी विवाद चुलिएपछि ४० बजसमा आगजनी एजेन्सी– भारतको तमिलनाडु र कर्नाटक राज्यबीच कावेरी नदीको पानी सम्बन्धि भएको विवादले चर्को रुप लिएको छ । विवाद पुनः चुलिएपछि बेङलुरुमा ४० बसमाथि आगजनी गरिएको छ । तमिलनाडुलाई पानी उपलब्ध गराउने विषयमा उच्च न्यायलयले गरेको फैसलाको विरोधमा कर्नाटकामा पछिल्लो एक सातादेखि विरोध प्रदर्शन चलिरहेको थियो।

    Read More

  • उत्तर कोरियामा भीषण बाढी, १ सय ३३ को मृत्यु

    उत्तर कोरियामा भीषण बाढी,  १ सय ३३ को मृत्यु एजेन्सी– उत्तर कोरियाली सीमा क्षेत्रमा आएको भीषण बाढीमा परी एक सय ३३ को मृत्यु भएको छ । बाढीमा परी ३ सय ९५ भन्दा बढी वेपत्ता भएको जनाइएको छ । हजारौँ घरहरु बगाएको संयुक्त राष्ट्रसंघले जनाएको छ। बाढीग्रस्त क्षेत्रमा ठूलो मानवीय सङ्कट परेको राष्ट्रसंघले प्योङयाङ स्रोतलाई उद्धृत गर्दै बताइएको छ ।

    Read More