विश्व

होटेलमा आक्रमण, १४ जना मारिए

एजेन्सी ।  इस्लामिक समूह अल–शबाब आक्रमणमा १४ जना मारिएका छन् । सोमालियाको राजधानी मोगादिशुको एक होटलमा गरेको आक्रमणमा कम्तिमा १४ जना मारिएका हुन् । अल–शबाबका लडाकुले मोगादिशुको नासो हाबोल्ड होटलमा आक्रमण गरेको प्रहरीले जनाएको छ । आक्रमणमा परि ज्यान गुमाउनेमा सुरक्षा गार्ड, सर्वसाधारण नागरिक र केही आक्रमणकारी रहेको सरकारी अधिकारीले बताएका छन् ।

अल–शबाबका लडाकुले होटलमा रहेका व्यक्तिलाई नियन्त्रणमा राखेर आक्रमण गरेको जनाइएको छ । होटलको मुल गेटमा आत्मघाती कार बम बिस्फोट गराएपछि अल–शबाबका लडाकु होटल भित्र प्रवेश गरेका थिए ।