विश्व

बन्दुकधारीको आक्रमणमा ४ इजरायलीको मृत्यु

एजेन्सी । प्यालेस्टाइनी बन्दुकधारीको आक्रमणबाट इजरायलको टेल अविव शहरमा चार जनाको ज्यान गएको छ ।

बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तिमा चार जनाको ज्यान गएको इजरायली प्रहरीले जनाएको छ । इजरायली रक्षा मन्त्रालय अगाडि रहेको शपिङ कम्प्लेक्समा प्यालेस्टाइनी बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।

इजरायली प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको छ । ती मध्ये एक जनाको अस्पतालमा उपचार भइरहेको छ । टेल अविवका प्रहरी प्रमुखले यो गम्भीर चरमपन्थी आक्रमण भएको बताएका छन् ।

आक्रमणकारी वेष्ट बैंकको हेब्रान नजिकको गाउँबाट आएको प्रहरी प्रवक्ताले जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् ।