विश्व

अज्ञात समूहको आक्रमणमा ११ मारिए

काठमाडौं । इस्तानबुलको बेयाजित क्षेत्रमा अज्ञात समूहको परी ११ जनाको मृत्यु भएको छ । अज्ञात समूहले गराएको बम विस्फोटमा परी ७ जना प्रहरीसहित ११ जनाको मृत्यु भएको हो ।

पर्यटकीय क्षेत्र नजिकै गरिएको उक्त आक्रमणमा ३६ जना घाइते भएको बताइएको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले घटनामा प्रतिबन्धित कुर्दिस्तान पार्टीको संलग्नता रहेको दाबी गरेका छन ।
उनले कुर्दिस्तान विद्रोहीका यस्ता आक्रमण नयाँ नभएको भन्दै यसबाट सरकार नतर्सिने बरू अझ सशक्तरुपमा प्रतिरोधमा उत्रिने जनाएका छन् ।

विस्फोट योजनामा संलग्न भएको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान जारी राखेको छ ।