विश्व

  • उत्तर प्रदेश र उत्तराखण्डमा भाजपाको पल्लाभारी

    उत्तर प्रदेश र उत्तराखण्डमा भाजपाको पल्लाभारी भारत, २९ फागुन । भारतका पाँच राज्यमा भएको विधान सभा निर्वाचनमा मिश्रित परिणाम आएको छ । उत्तराखण्ड र उत्तर प्रदेशमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा) को दुई तिहाइभन्दा अत्यधिक बहुमत आएको छ ।

    Read More

  • बालिबालिका स्याहार गृहमा आगलागी, १९ को मृत्यु

    बालिबालिका स्याहार गृहमा आगलागी, १९ को मृत्यु एजेन्सी- ग्वाटेमालाको एक बालबालिका स्याहार गृहमा आगलागी हुँदा १९ जनाको मृत्यु भएको छ । राजधानी ग्वाटेमाला सिटीबाट २५ किलोमिटर दक्षिण पूर्वमा पर्ने सान जोसे पिनुलामा रहेको स्याहार गृहमा आगलागी हुँदा १९ जना किशोरीको मृत्यु भएको हो भने अन्य २५ जना घाइते भएका छन् ।

    Read More

  • ट्रम्पले लगाएको आरोपको ओबामाद्वारा खण्डन

    ट्रम्पले लगाएको आरोपको ओबामाद्वारा खण्डन अमेरिका, २२ फागुन । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको आरोपको खण्डन गरेका छन् । राष्ट्रपति ट्रम्पले गतवर्ष भएको राष्ट्रपति चुनावका क्रममा ओबामा प्रशासनले ट्रम्प टावरको टेलिफोन कल ट्रयाप गरेको आरोप लगाएका थिए ।तर, पूर्वराष्ट्रपति ओबामाले त्यो आरोपमा कुनै सत्यता नभएको भन्दै खण्डन गरेका हुन् ।

    Read More

  • कार बम विस्फोट, चौध जनाको ज्यान गयो

    कार बम विस्फोट, चौध जनाको ज्यान गयो सोमालियो– सोमालियाको मोगादिसुको एक व्यस्त चौबाटोमा विस्फोटक पदार्थले भरिएको एक कार आइतबार विस्फोट हुँदा कम्तीमा १४ व्यक्तिको मृत्युभएको जानकारी अधिकारी तथा प्रत्यक्षदर्शीले दिएका छन् । स्थानीय सुरक्षा अधिकारी मोहमद जिलिबीले आफूहरूले १४ व्यक्तिको मृत्यु भएको गणना गरेको र अन्य ३० घाइते भएको पाएको बताए ।

    Read More

  • अमेरिकामा शक्तिशाली आँधी, १८ को मृत्यु

    अमेरिकामा शक्तिशाली आँधी, १८ को मृत्यु न्यूयाेर्क– दक्षिणी अमेरिकाको जर्जिया राज्यमा शक्तिशाली आँधी आउँदा १८ जनाको मृत्यु भएको छ। आँधीका कारण दजनौं घाइते भएको बीबीसीले जनाएको छ। आँधीपछि जर्जियाका गर्भनरले आपतकाल घोषणा गरेका छन्।

    Read More

  • कार बम विस्फोटमा ४३ जनाको ज्यान गयो

    कार बम विस्फोटमा ४३ जनाको ज्यान गयो सिरिया– सिरियाको अजाज शहरमा भएको कार बम विस्फोटनमा परि कम्तिमा ४३ जनाको मृत्यु भएको छ । टर्कीसँगको सीमा नजिक रहेको बिद्रोही नियन्त्रित शहर अजाजमा विस्फोट भएको हो । अदालतको बाहिरपट्टि विस्फोट भएको हो ।

    Read More

  • २० वर्षीय हमजा आतंककारीको सूचीमा

     २० वर्षीय हमजा आतंककारीको सूचीमा एजेन्सी– अमेरिकाले ओसामा बिन लादेनका छोरालाई आतंककारीको सूचिमा राखेको छ । अमेरिकालेले लादेनका छोरा २० वर्षका हमजा विन लादेनलाई आतंककारीको सूचिमा राखेको हो । हमजा सन् २०१५ मा औपचारीक रुपमा अल–कायदाको सदस्य बनेका थिए । हमजाले पार्टीमा बुवा ओसामा बिन लादेनको ठाउँ लिने अनुमान गरिएको छ ।

    Read More

  • इस्तानबुल आक्रमणमा ३५ जना मारिए

    इस्तानबुल आक्रमणमा ३५ जना मारिए टर्की– टर्कीको इस्तानबुलमा आक्रमण हुँदा कम्तिमा पनि ३५ जनाको ज्यान गएको छ । ४० जना भन्दा धेरै घाइते भएका छन् । सयौंले भागेर ज्यान जोगाएका छन् । सान्टा क्लजको पोशाकमा रहेका आक्रमणकारीले रेइना नाइट क्लबमा आक्रमण गरेको बिबिसीले जनाएको छ ।

    Read More

  • रुसी सेनाको विमान दुर्घटना, ९२ यात्रु वेपत्ता

    रुसी सेनाको विमान दुर्घटना, ९२ यात्रु वेपत्ता रुस– ९२ जना यात्रु बोकेकोे रूसी सेनाको विमान आइतबार दुर्घटनामा परेको छ। उक्त विमान सोची नजिकको ‘ब्ल्याक सी’ मा दुर्घटना भएको रूसको रक्षा मन्त्रालयले जनाएको छ। सोचीको राडरबाट विमान २० मिनेट मै सम्पर्कविहीन भएको थियो। रक्षा मन्त्रालयका अनुसार तु–१५४ विमानमा कामदार, सेनाका पदाधिकारी र केही पत्रकार थिए।

    Read More

  • टर्कीमा रुसी राजदूतको गोली हानी हत्या

    टर्कीमा रुसी राजदूतको गोली हानी हत्या एजेन्सी– टर्कीमा रुसी राजदूतको गोली हानी हत्या भएको छ । टर्कीका लागि कार्यरत रुसी राजदूत एन्ड्रे कार्लोफको अंकारास्थित आर्ट ग्यालरीको प्रदर्शनमा भाषण गरिरहेकाबेला हत्या भएकाे हाे । उनले भाषण गरिरहेका बेला २२ बर्षीय एक दंगा प्रहरीले गोली हानी हत्या गरेको बताइएको छ ।

    Read More