विश्व

२० वर्षीय हमजा आतंककारीको सूचीमा

एजेन्सी– अमेरिकाले ओसामा बिन लादेनका छोरालाई आतंककारीको सूचिमा राखेको छ । अमेरिकालेले लादेनका छोरा २० वर्षका हमजा विन लादेनलाई आतंककारीको सूचिमा राखेको हो । हमजा सन् २०१५ मा औपचारीक रुपमा अल–कायदाको सदस्य बनेका थिए । हमजाले पार्टीमा बुवा ओसामा बिन लादेनको ठाउँ लिने अनुमान गरिएको छ । हमजाले अल–कायदाको सदस्यता लिएसँगै पश्चिमा देशका राजधानीमा आक्रमण केन्द्रित गर्ने बताउँदै आएका थिए ।
हमजा आतंककारी गतिविधिमा सक्रिय रुपमा सहभागी रहेकाले उनलाई कालो सूचिमा राखिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । हमजाले अब अमेरिकी कुनै पनि कम्पनीसँग व्यावसायीक सम्झौता गर्न पाउने छैनन् । यस्तै अमेरिकी भूमि उनले सम्पत्ति राख्न पाउने छैनन् ।
अल–कायदाका पूर्व नेता ओसामा बिन लादेनलाई अमेरिकी गठबन्धन सेनाले सन् २०११ मा पाकिस्तानको एबोटाबादबाट पक्राउ गरेको थियो । त्यसपछि भएको झडपको क्रममा बिन लादेनको ज्यान गएको थियो । सन् २०१५ मा अल–कायदाले हमजाको अडियो सन्देश सार्वजनिक गर्दै आक्रमणका लागि आफ्ना समर्थकलाई तयार रहन आग्रह गरेको थियो ।