विश्व

  • उत्तर कोरियाले देखायो सैन्य शक्ति

    उत्तर कोरियाले देखायो सैन्य शक्ति एजेन्सी– उत्तर कोरियाले आफ्ना संस्थापक नेता किम इल सुङको १०५ औँ जन्म जयन्ती भव्य रुपमा मनाएको छ। किमको जन्म जयन्तीको अवसर पारेर उसले राजधानी प्योङयाङमा विशाल सैन्य परेडको आयोजना समेत गर्यो। किमको वर्षगाँठलाई ‘डे अफ द सन’का रुपमा मनाइन्छ । यो दिन उत्तर कोरियामा सार्वजनिक बिदा समेत हुन्छ।

    Read More

  • अमेरिकाले अफगानिस्तानमा खसाल्यो अहिलेसम्मकै ठूलो बम

    अमेरिकाले अफगानिस्तानमा खसाल्यो अहिलेसम्मकै ठूलो बम एजेन्सी– अमेरिकाले अहिलेसम्मकै सबैभन्दा ठूलो नन न्यूक्लियर बम खसालेको छ । जीबियू ४३ नाम दिइएको यो बमलाई ‘मदर अफ अल बम्स्’को नाम पनि दिइएको छ । अमेरिकी रक्षा मन्त्रालयले यो बम अफगानिस्तानको नागहार प्रान्तमा खसालेको जनाएको छ ।

    Read More

  • विद्यालयमा अन्धाधुन्ध गोली प्रहार, तीनजनाको मृत्यु

    विद्यालयमा अन्धाधुन्ध गोली प्रहार, तीनजनाको मृत्यु अमेरिका, चैत । अमेरिकाको क्यालिफोर्नियास्थित एक प्राथमिक विद्यालयमा अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको ज्यान गएको छ । क्यालिफोर्नियाको सान बर्नार्डिनोमा रहेको प्राथमिक विद्यालयको कक्षा कोठामा बन्दुकधारीले अन्धाधुन्ध गोल चलाउँदा एक बालकासहित तीन जनाको ज्यान गएको स्थानीय प्रहरीले जनाएको छ ।

    Read More

  • रसायनिक आक्रमणमा सिरिया सरकारकै हातः अमेरिका

    रसायनिक आक्रमणमा सिरिया सरकारकै हातः अमेरिका सिरिया- सिरियामा ५८ जनाको ज्यान जानेगरी भएको रसायनिक आक्रमणमा सिरियाली राष्ट्रपति बसर अल–असर सरकारको संलग्नता रहेको अमेरिकाले आरोप लगाएको छ । उत्तर पश्चिमी इडलिब प्रान्तमा भएको रसायनिक आक्रमणमा असद सरकारको संलग्नता रहेकोमा कुनै शंका नरहेको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

    Read More

  • पाकिस्तानमा विस्फोट, २२ मारिए

    पाकिस्तानमा विस्फोट, २२ मारिए पाकिस्तान– पाकिस्तानमा भएको एक विस्फोटमा परी कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ भने ९० जना घाइते भएका छन्। उत्तरपश्चिमी पाकिस्तानको सीमावर्ती सहर पाराचिनारको एक मस्जिदबाहिर सो विस्फोट भएको हो।

    Read More

  • भ्रष्टाचार विरुद्धको प्रदर्शनमा ५ सय पक्राउ

    भ्रष्टाचार विरुद्धको प्रदर्शनमा ५ सय पक्राउ रसिया– रुसका विपक्षी नेता एलेक्से नाभाल्नीसहित पाँच सय जना पक्राउ परेका छन् । भ्रष्टाचार विरुद्ध राजधानी मस्कोमा भइरहेको प्रदर्शनको क्रममा विपक्षी नेता नाभाल्नीसहितलाई प्रहरीले पक्राउ गरेको हो । नाभाल्नीले रुसमा भ्रष्टाचारविरुद्ध अभियान चलाउँदै आएका छन् ।

    Read More

  • बेलायतको संसद भवन नजिक आतंककारी हमला, पाँच जना मारिए

    बेलायतको संसद भवन नजिक आतंककारी हमला, पाँच जना मारिए बेलायत- बेलायतको राजधानी लण्डनस्थित संसद भवन नजिक भएको आतंककारी आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने ४० जना भन्दा बढी घाइते भएका छन् । ज्यान जानेमा एक महिलासहित तीन जना सर्वसाधारण छन् ।

    Read More

  • नेटो सम्मेलनमा अमेरिकी विदेशमन्त्री सहभागी नहुने

    नेटो सम्मेलनमा अमेरिकी विदेशमन्त्री सहभागी नहुने अमेरिका– अमेरिकी विदेशमन्त्री रेक्स टिल्लरसन आगामी अप्रिल ५ र ६ मा हुने उत्तर एटलान्टिक सन्धी संगठन नेटोको सम्मेलनमा सहभागी नहुने भएका छन् । बेल्जियमको राजधानी ब्रसेल्समा हुने नेटोका २८ मुलुकका विदेशमन्त्रीहरुको सम्मेलनमा सहभागी नहुने रोयटर्सले जनाएको छ ।

    Read More

  • विद्रोही हटाउन सिरियामा सेनाको संघर्ष

    विद्रोही हटाउन सिरियामा सेनाको संघर्ष सिरिया- सिरियाली सरकारी सेना र विद्रोही समूहबीच भइरहेको संघर्षको चपेटामा सर्वसाधारण परेका छन् । राजधानी दमासकसको बाहिरी क्षेत्रमा सरकारी सेना र विद्रोही समूहबिच संघर्ष भइरहेको छ । मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार सरकारी प्रतिरक्षा पंक्ति तोड्नु अघि विद्रोहीले जोबार जिल्लामा दुईवटा आत्मघात विस्फोट गराएका थिए ।

    Read More

  • ग्वाटेमालामा आगलागीमा परी ४० को मृत्यु

    ग्वाटेमालामा आगलागीमा परी ४० को मृत्यु एजेन्सी– मध्य अमेरिकी राष्ट्र ग्वाटेमालाको एक बालबालिका पुनःस्थापना केन्द्रमा गत बुधबार बिहान भएको भीषण आगलागीमा परी ४० किशोरीको मृत्यु भएपछि त्यहाँका समाज कल्याणमन्त्री कार्लोस रोडास्ले राजीनामा दिएका छन् ।

    Read More