विश्व

अमेरिकाले अफगानिस्तानमा खसाल्यो अहिलेसम्मकै ठूलो बम

एजेन्सी– अमेरिकाले अहिलेसम्मकै सबैभन्दा ठूलो नन न्यूक्लियर बम खसालेको छ । जीबियू ४३ नाम दिइएको यो बमलाई ‘मदर अफ अल बम्स्’को नाम पनि दिइएको छ । अमेरिकी रक्षा मन्त्रालयले यो बम अफगानिस्तानको नागहार प्रान्तमा खसालेको जनाएको छ । बम आक्रमणपछि के कति क्षति भयो भन्ने विवरण बाहिर आएको छैन । 
सन् २००३ मा परीक्षण गरिएको यो बम प्रयोग भने गरिएको थिइएन । अमेरिकी रक्षा मन्त्रालयले विद्रोही समूह स्लामिक स्टेट आइएसको क्षेत्रमा यो बम खसालेको बिबिसीले जनाएको छ । यो बमको तौल ९ हजार ८ सय किलो र यसको लम्बाई ३० फिट भन्दा धेरै भएको खबरमा उल्लेख छ । गएको हप्ता अफगानिस्तानमा आइएससँगको लडाइँमा अमेरिकी सैनिकको ज्यान गएपछि यस्तो बम खसालिएको हो ।