विश्व

विद्रोही हटाउन सिरियामा सेनाको संघर्ष

सिरिया-  सिरियाली सरकारी सेना र विद्रोही समूहबीच भइरहेको संघर्षको चपेटामा सर्वसाधारण परेका छन् । राजधानी दमासकसको बाहिरी क्षेत्रमा सरकारी सेना र विद्रोही समूहबिच संघर्ष भइरहेको छ । मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार सरकारी प्रतिरक्षा पंक्ति तोड्नु अघि विद्रोहीले जोबार जिल्लामा दुईवटा आत्मघात विस्फोट गराएका थिए । 
सेनाले यही घटनाको जवाफ स्वरुप कारबाही अभियान चलाएको हो । त्यहाँ सँर्घषका क्रममा गोप्य सुरुङ मार्गसमेत प्रयोग भएको छ । संघर्षमा गोलाबारुद तथा रकेटको प्रयोग भएको पर्यवेक्षकले जनाएका छन् । विद्रोही विरुद्ध सरकारी ३० भन्दा धेरै युद्ध विमान खटिएका  छन् । त्यो क्षेत्रमा रहेका विद्रोहीलाई हटाउन संघर्ष गरिरहेको सेनाले जनाएको छ । (एजेन्सीकाे सहयाेगमा)