विश्व

नेटो सम्मेलनमा अमेरिकी विदेशमन्त्री सहभागी नहुने

अमेरिका– अमेरिकी विदेशमन्त्री रेक्स टिल्लरसन आगामी अप्रिल ५ र ६ मा हुने उत्तर एटलान्टिक सन्धी संगठन नेटोको सम्मेलनमा सहभागी नहुने भएका छन् ।  बेल्जियमको राजधानी ब्रसेल्समा हुने नेटोका २८ मुलुकका विदेशमन्त्रीहरुको सम्मेलनमा सहभागी नहुने रोयटर्सले जनाएको छ ।

सम्मेलनमा सहभागी नभएर टिल्लरसन अप्रिलको ६ र ७ मा फ्लोरिडाको मार–अ–लागोमा राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनियाँ राष्ट्रपति सी जिन्पिङबीच हुने भेटवार्तामा सहभागी हुने बताइएको छ । त्यस्तै टिल्लरसनले अप्रिलको अन्त्यतिर रुसको भ्रमण गर्नेछन् । नेटो मुलुकका विदेशमन्त्रीको सम्मेलनमा सहभागी नभएर टिल्लरसनले रुसको भ्रमण गर्नुलाइ अर्थपुर्ण रुपमा हेरिएको छ ।