विश्व

बेलायतको संसद भवन नजिक आतंककारी हमला, पाँच जना मारिए

बेलायत- बेलायतको राजधानी लण्डनस्थित संसद भवन नजिक भएको आतंककारी आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने ४० जना भन्दा बढी घाइते भएका छन् । ज्यान जानेमा एक महिलासहित तीन जना सर्वसाधारण छन् । यस्तै प्रहरीको गोली लागेर आक्रमणकारीको पनि ज्यान गएको जनाइएको छ । कारमा आएका आक्रमणकारीले वेष्टमिनिस्टर ब्रिजमा पैदलयात्रीलाई ठक्कर दिएको र त्यसपछि संसद भवन नजिक गएर त्यहाँ रहेका प्रहरी अधिकारीलाई चक्कुले आक्रमण गरेको सरकारी अधिकारीले बताएका छन् । त्यसपछि प्रहरीले आक्रमणकारीलाई गोली प्रहार गरेका थिए । घाइते हुनेमा तीन जना प्रहरी अधिकारी पनि रहेको र दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 
आक्रमणकारीको परिचय अहिलेसम्म खुलाइएको छैन । प्रधानमन्त्री थेरेसा मेले आक्रमणको निन्दा गर्नुभएको छ । राजधानीको मुख्य भागमा गरिएको आक्रमण बेलायती मान्यतालाई टुक्र्याउने उद्देश्यले भएको र आफूहरु त्यसलाई कहिल्यै सफल हुन नदिने प्रधानमन्त्री मेले बताउनुभएको छ । लण्डनमा अहिले सुरक्षा व्यवस्था निकै कडा पारिएको छ र आतंककारी विरुद्ध कारवाही अभियान पनि चलाइएको छ ।