विश्व

पाकिस्तानमा विस्फोट, २२ मारिए

पाकिस्तान–  पाकिस्तानमा भएको एक विस्फोटमा परी कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ भने ९० जना घाइते भएका छन्। उत्तरपश्चिमी पाकिस्तानको सीमावर्ती सहर पाराचिनारको एक मस्जिदबाहिर सो विस्फोट भएको हो।
मस्जिदको महिला प्रवेशद्वारनजिकै विस्फोटक पदार्थले भरिएको कार छोडिएको र त्यही विस्फोट भएको जनाइएको छ। विस्फोटबाट नजिकैका पसल र रोकिएका गाडीहरुमा पनि क्षति पुगेको छ। घाइतेहरुलाई निजी कारमा राखेर पनि अस्पताल ल्याइएको स्थानीय अस्पातलका डाक्टरलाई उधृत गर्दै रोयटर्सले जनाएको छ। प्रधानमन्त्री नवाज सरिफले आक्रमणको निन्दा गरका छन्।