विश्व

  • अमेरिकी ईमेल ह्याक प्रकरणमा ‘पुटिनको संलग्नता’

    अमेरिकी ईमेल ह्याक प्रकरणमा ‘पुटिनको संलग्नता’ एजेन्सी– अमेरिकी राष्ट्रपतिको निर्वाचन अभियानको समयमा डेमोक्रेटिक नेता तथा उनीहरुसँग आवद्धता भएका संस्थाका ईमेल ह्याक गरी निर्वाचनलाई प्रभावित पार्ने कार्यमा रसिया र यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनको समेत प्रत्यक्ष संलग्नता रहेको हुनसक्ने प्रशस्त आधार भेटिएका अमेरिकी गुप्तचर रिपोर्टमा पाइएको गुप्तचर अधिकारीलाई उद्धृत गर्दै एनबीसी न्युज टेलिभिजनले बुधबार जनाएको छ।

    Read More

  • चौथो पटक पनि पुटिन विश्वको शक्तिशाली व्यक्तिको शीर्ष स्थानमा

    चौथो पटक पनि पुटिन विश्वको शक्तिशाली व्यक्तिको शीर्ष स्थानमा  अमेरिका- रुसका राष्ट्रपति भ्लादिमिर पुटिन लगातार चौथो वर्ष विश्वको शक्तिशाली व्यक्तिको शीर्ष स्थानमा पर्न सफल भएका छन् । अमेरिकी म्यागजिन फोर्ब्सले सार्वजनिक गरेको सन् २०१६ का शक्तिशाली व्यक्तिको सूचिमा रुसी राष्ट्रपति पुटिन शीर्ष स्थानमा छन् ।

    Read More

  • इस्तानबुलमा बम विस्फोटः २९ को ज्यान गयो

    इस्तानबुलमा बम विस्फोटः २९ को ज्यान गयो टर्की- टर्कीको इस्तानबुल सहरमा भएको बम विस्फोट हुँदा २९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अधिकांस सुरक्षाकर्मी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् । विस्फोनमा १६० जनाभन्दा धेरै घाइते भएको जनाइएको छ ।

    Read More

  • विमान दुर्घटनामा ४८ को मृत्यु

    विमान दुर्घटनामा ४८ को मृत्यु पाकिस्तान(एजेन्सी)– पाकिस्तानको पर्यटकीय सहर चितरालबाट राजधानी इस्लामावाद आउँदै गरेको पाकिस्तान इन्टरनेसनलको विमान बुधबार दिउँसो दुर्घटनाग्रस्त भएको छ । विमानमा एक लोकप्रिय कलाकारसहित ४३ यात्रु र चालकदलका पाँच सदस्य थिए । विमानमा यात्रा गरिरहेका पाकिस्तानी पप गायक जुनेद जमशेद पछिल्लो समयमा धर्मगरु बनेका थिए ।

    Read More

  • इन्डोनेशियामा शक्तिशाली भूकम्प, सयौंं घर भत्किए

    इन्डोनेशियामा शक्तिशाली भूकम्प, सयौंं घर भत्किए इन्डोनेसिया– इन्डोनेशियको उत्तरी क्षेत्रकोे आच प्रान्तमा भूकम्प शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको छ । इन्डोनेशियाको भूगर्भ केन्द्रका अनुसार ६.४ रेक्टर स्केलको भूकम्प स्थानीय समय अनुसारसाढे पाँच बजे गएको हो । भूकम्पका कारण मानिसहरु घरबाट निस्किएर खुल्ला स्थाहरुमा बसेका छन् ।

    Read More

  • रहिनन् तमिलनाडुकी अम्मा...

    रहिनन् तमिलनाडुकी अम्मा...  एजेन्सी– भारत तमिलनाडुकी मुख्यमन्त्री जयललिताको सोमबार राति निधन भएको छ। ६८ वर्षिया जयललितालाई हृदयघात भएपछि आईतबार चेन्नईस्थित एपोलो अस्पताल भर्ना गरिएको थियो। स्थानीय समयअनुसार सोमबार राति साढे ११ बजे उनको निधन भएको एपोलो अस्पतालले पुष्टि गरेको छ।

    Read More

  • अष्ट्रियाको राष्ट्रपतिमा अलेक्जेन्डर निर्वाचित

    अष्ट्रियाको राष्ट्रपतिमा अलेक्जेन्डर निर्वाचित एजेन्सी– अष्ट्रियाको राष्ट्रपतिमा अलेक्जेन्डर भान डेर बेल्लेन निर्वाचित भएका छन्। वामपन्थी झुकाव राख्ने बेल्लेन राष्ट्रपतिमा निर्वाचित भएसँगै युरोपमा पपुलिस्ट पार्टीको तरंग तत्कालका लागि रोकिएको विश्लेषण गरिएको छ। ७२ वर्षीय बेल्लेन अवकाशप्राप्त अर्थशास्त्रका प्राध्यापक हुन्।

    Read More

  • भारत–पाक तनाव, ७ सैनिक मारिए

    भारत–पाक तनाव, ७ सैनिक मारिए भारत- भारत प्रशासित जम्मुको नगरोटामा सुरक्षाकर्मी र बिद्रोहीबिच भएको भिडन्तमा सात भारतीय सुरक्षाकर्मीको ज्यान गएको छ । बिद्रोहीले नगरोटामा रहेको सेनाको शिविरमा मंगलबार आक्रमण गरेपछि भिडन्त सुरु भएको थियो ।

    Read More

  • ब्राजिलमा तीन दिने राष्ट्रिय शोकको घोषणा

    ब्राजिलमा तीन दिने राष्ट्रिय शोकको घोषणा ब्राजिल- ब्राजिलको फुटबल क्लबका खेलाडीहरू सवार एक विमान कोलम्बियामा दुर्घटनामा हुँदा ७६ जना खेलाडीको मृत्यु भएको छ । खेलको इतिहासमा नै यो भीषण घटना रूपमा लिइएको छ । यसअघि भएका विमान दुर्घटनामा यति घेरै सङ्ख्या खेलाडी मारिएका तथ्याङ्क हालसम्म प्राप्त भएको छैन ।

    Read More

  • अमेरिकामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएपछि...

    अमेरिकामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएपछि... एजेन्सी– अमेरिकाको न्यु ओर्लिएन्समा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक जनाको ज्यानुका साथै ९ जना घाइते भएका छन् । न्यु ओर्लिएन्सको ऐतिहासिक फ्रेन्च क्वार्टरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । दुई व्यक्तिबिच विवाद भएपछि गोली चलेको हो ।

    Read More