विश्व

भारत–पाक तनाव, ७ सैनिक मारिए

भारत- भारत प्रशासित जम्मुको नगरोटामा सुरक्षाकर्मी र बिद्रोहीबिच भएको भिडन्तमा सात भारतीय सुरक्षाकर्मीको ज्यान गएको छ । बिद्रोहीले नगरोटामा रहेको सेनाको शिविरमा मंगलबार आक्रमण गरेपछि भिडन्त सुरु भएको थियो ।

भिडन्तको क्रममा भारतीय सेनाका दुई अधिकारी तथा पाँच जवानको ज्यान गएको हो । यस क्रममा तीन जना बिद्रोही पनि मारिएका छन् । बिद्रोही सेनाको शिविरमा प्रवेश गरेर १२ सैनिक, दुई महिला तथा दई बालकलाई बन्धक बनाएका थिए । त्यसपछि भारतीय सेनाले जवाफी कारवाही गरेर बन्धक बनाएका सबैलाई सकुशल उद्धार गरेको थियो ।

बिद्रोही विरुद्धको कारवाही अभियान जारी रहेको र सम्पूर्ण क्षेत्र घेराबन्दी गरिएको भारतीय सेनाका प्रवक्ता कर्नेल मनीष मेहताले बताएका छन् । सीमा सुरक्षा तथा बिद्रोही विरुद्धको कारवाही अभियानको योजना बनाउने जम्मुबाट १५ किलोमिटर पर रहेको सेनाको १६ कोर मुख्यालयमा आक्रमण भएको हो । यस्तै साँबा सेक्टरको अन्तर्रा्ष्ट्रिय सीमामा पनि बिद्रोही र भारतीय सीमा सुरक्षा बल ९बिएसएफ० बिच गोली हानाहान भएको छ ।

अन्तर्रा्ष्ट्रिय सीमामा भएको गोली हानाहानमा एक जवान घाइते भएका छन् । गएको सेप्टेम्बर भारत प्रशासित जम्मु काश्मिरको उडीमा रहेको भारतीय सेनाको एक शिविरमा आक्रमण आक्रमण भएपछि भारत र पाकिस्तानबिच तनाव भइरहेको छ ।