विश्व

अमेरिकामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएपछि...

एजेन्सी– अमेरिकाको न्यु ओर्लिएन्समा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक जनाको ज्यानुका साथै ९ जना घाइते भएका छन् । न्यु ओर्लिएन्सको ऐतिहासिक फ्रेन्च क्वार्टरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । दुई व्यक्तिबिच विवाद भएपछि गोली चलेको हो । घटनामा २५ वर्षका एक युवाको ज्यान गएको छ ।
घाइते भएका ९ जनामध्ये पाँच जना उपचारपछि घर फर्किएका छन् । चरा जनाको भने उपचार भइरहेको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । घटनाका विषयमा अनुसन्धान जारी राखिएको छ । 
यसैबीच, अमेरिकामा मुसलमानहरूको एक संगठनले क्यालिफोर्नियाका ३ मस्जिदमा धम्कीपूर्ण पत्र पठाएको जनाइएको छ ।  यी पत्रमा मुसलमानहरूलाई ‘घटिया र फोहोरी’ भन्दै अमेरिका छाड्न भनिएको छ । घृणाले भरिएको यो पत्रमा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा गर्दै उनले अमेरिकालाई सफा गर्ने बताइएको छ । 
चुनावी अभियानका क्रममा ट्रम्पले मुसलमानहरूलाई अमेरिका प्रवेशमा रोक लगाउने घोषणा गरेका थिए । अधिकांश मुसलमान हिंसालाई समर्थन किन गर्छन ? भन्ने कुरा प्रष्ट नभएसम्म मुसलमानहरूलाई अमेरिका प्रवेशमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा थियो । ट्रम्पको यस्तो टिप्पणीको धेरैले आलोचना समेत गरेका थिए । 

१३ मंसिर २०७३ ।