विश्व

इन्डोनेशियामा शक्तिशाली भूकम्प, सयौंं घर भत्किए

इन्डोनेसिया–  इन्डोनेशियको उत्तरी क्षेत्रकोे आच प्रान्तमा भूकम्प शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको छ । इन्डोनेशियाको भूगर्भ केन्द्रका अनुसार ६.४ रेक्टर स्केलको भूकम्प स्थानीय समय अनुसारसाढे पाँच बजे गएको हो । भूकम्पका कारण मानिसहरु घरबाट निस्किएर खुल्ला स्थाहरुमा बसेका छन् ।
भूकम्पका कारण २० को मृत्युुको अस्पतालहरूलार्इ उदृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । कयौ मानिस भत्किएका घरहरुमा फसेको जनाइएको छ । आचे प्रान्तमा सन् २००४ मा ९.२ रेक्टर स्केलको भूकम्प गएको थियो, जसका कारण सूनामी आएको थियो । भूकम्प र सुनामीका कारण १ लाख २० हजारबढीले ज्यान गुमाएका थिए ।