विश्व

इस्तानबुलमा बम विस्फोटः २९ को ज्यान गयो

टर्की-  टर्कीको इस्तानबुल सहरमा भएको बम विस्फोट हुँदा २९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अधिकांस सुरक्षाकर्मी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् ।  विस्फोनमा १६० जनाभन्दा धेरै घाइते भएको  जनाइएको छ । 
पहिलो बम विस्फोट इन्तानबुल सहरको एक फुटबल रंगशाला बाहिर भएको थियो। सो विस्फोट एक पुलिसको बसलाई निसाना बनाएर गरिएको समाचारमा उल्लेख छ। विस्फोट टर्कीको दुई ठूला फुटबल टिमबीच भएको खेल सकिएको एक घन्टापछि भएको थियो। 
लगत्तै नजिकै रहेको एक पार्कमा आत्मघाती बम विस्फोट भएको थियो। दोस्रो पटक भएको बम विस्फोटपछि गोलाबारीको आवाज सुनिएको बताइएको छ। हालसम्म विस्फोट किन र कसले गरायो भन्नेबारे कसैले जिम्मेवारी लिएका छैनन्। यसैबीच टर्कीका गृहमन्त्रीले विस्फोटपछि १० जना सन्दिग्धलाई गिरफ्तार गरेको बताएको छ।

२६ मंसिर २०७३ ।