विश्व

ब्राजिलमा तीन दिने राष्ट्रिय शोकको घोषणा

ब्राजिल- ब्राजिलको फुटबल क्लबका खेलाडीहरू सवार एक विमान कोलम्बियामा दुर्घटनामा हुँदा ७६ जना खेलाडीको मृत्यु भएको छ । खेलको इतिहासमा नै यो भीषण घटना रूपमा लिइएको छ । यसअघि भएका विमान दुर्घटनामा यति घेरै सङ्ख्या खेलाडी मारिएका तथ्याङ्क हालसम्म प्राप्त भएको छैन । फुटबल खेलाडीहरूको टोली लिएर चार्टरगरी गइरहको सो विमान कोलम्बियामा दुर्घटनाग्रस्त भएको हो । यद्यपि दुर्घटनाग्रस्त यस विमानबाट उद्धारकर्ताहरूको टोलीले छ व्यक्तिलाई जीवितै उद्धार गरेको कोलम्बियाली अधिकारीकर्ताहरूले जानकारी दिएका छन् ।

ब्राजिलका राष्ट्रपति माइकल टेमरले फुटबल खेलाडी सवार विमान दुर्घटनाको समाचारबाट आफू स्तब्धः भएको बताएका छन् । उनले दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्मानमा तीन दिनसम्म राष्ट्रिय शोकको घोषणा समेत गरेका छन् ।