विश्व

रुसी सेनाको विमान दुर्घटना, ९२ यात्रु वेपत्ता

रुस– ९२ जना यात्रु बोकेकोे रूसी सेनाको विमान आइतबार दुर्घटनामा परेको छ। उक्त विमान सोची नजिकको ‘ब्ल्याक सी’ मा दुर्घटना भएको रूसको रक्षा मन्त्रालयले जनाएको छ।  सोचीको राडरबाट विमान २० मिनेट मै सम्पर्कविहीन भएको थियो। रक्षा मन्त्रालयका अनुसार तु–१५४ विमानमा कामदार, सेनाका पदाधिकारी र केही पत्रकार थिए।
विमान सिरियाली क्षेत्रका लागि उडेको थियो। मस्कोबाट उडेको विमान इन्धन हाल्नका लागि सोचीको विमानस्थलमा अवतरण गरिएको थियो। र, त्यहाँबाट आफ्नो गन्तव्यतर्फ उडेको हो। दुर्घटनाबाट विमानमा सवार यात्रुहरूको अवस्थाबारे भने जानकारी आइसकेको छैन।