विश्व

कार बम विस्फोटमा ४३ जनाको ज्यान गयो

सिरिया– सिरियाको अजाज शहरमा भएको कार बम विस्फोटनमा परि कम्तिमा ४३ जनाको मृत्यु भएको छ । टर्कीसँगको सीमा नजिक रहेको बिद्रोही नियन्त्रित शहर अजाजमा विस्फोट भएको हो ।
अदालतको बाहिरपट्टि विस्फोट भएको हो । अजाज शहरमा पछिल्लो समय बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले आफ्नो गतिविधि तीब्र पारेको छ । अहिलेसम्म कुनै पनि समूहले विस्फोटको जिम्मेवारी लिएका छैनन् । अजाजमा टर्कीको साथ पाएको फ्रि सिरियन आर्मीको नियन्त्रण छ । आइएसले पनि यहाँ नियन्त्रण कायम गर्ने प्रयास गरिरहेको छ ।