विश्व

अमेरिकामा शक्तिशाली आँधी, १८ को मृत्यु

न्यूयाेर्क– दक्षिणी अमेरिकाको जर्जिया राज्यमा शक्तिशाली आँधी आउँदा १८ जनाको मृत्यु भएको छ। आँधीका कारण दजनौं घाइते भएको बीबीसीले जनाएको छ। आँधीपछि जर्जियाका गर्भनरले आपतकाल घोषणा गरेका छन्।

अमेरिकाको राष्ट्रिय मौसम सेवा विभागले जर्जियासँगै अलबामा, फ्लोरिडाको उत्तरी क्षेत्र र जर्जियाकै दक्षिणी क्षेत्रमा मौसम झनै खराव हुन सक्ने अनुमान गरेको छ।

घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाका गर्वभरसँग कुरा गर्दै मृतकप्रति समवेदना व्यक्त गरेका छन्। शक्तिशाली आँधीकारण जर्जियाको कयौं घरहरु नष्ट भएका छन् भने रुखहरुसमेत ढलेका छन्।