विश्व

बालिबालिका स्याहार गृहमा आगलागी, १९ को मृत्यु

एजेन्सी- ग्वाटेमालाको एक बालबालिका स्याहार गृहमा आगलागी हुँदा १९ जनाको मृत्यु भएको छ । राजधानी ग्वाटेमाला सिटीबाट २५ किलोमिटर दक्षिण पूर्वमा पर्ने सान जोसे पिनुलामा रहेको स्याहार गृहमा आगलागी हुँदा १९ जना किशोरीको मृत्यु भएको हो भने अन्य २५ जना घाइते भएका छन् ।
स्याहार गृहमै रहेका केही व्यक्तिका कारण आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । मंगलबार स्याहार गृहमा झडप भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । स्याहार गृहबाट झण्डै ६० जना बालबालिका भागेका छन् । स्याहार गृहमा रहेका बालिकामाथि यौन शोषण हुने गरेको भन्दै केहीले आलोचना गरेका छन् ।
त्यसपछि झडप भएको थियो । आगलागीमा परि ज्यान गुमाउनेमा १४ देखि १७ वर्ष उमेरका किशोरी छन् । स्याहार गृहमा अनाथ बालबालिका रहने गरेका थिए । चार सय क्षमताको सो स्याहार गृहमा गृहमा आगलागी भएका बेला त्यो भन्दा धेरै रहेकाले पनि क्षति बढी भएको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।