विश्व

इस्तानबुल आक्रमणमा ३५ जना मारिए

टर्की– टर्कीको इस्तानबुलमा आक्रमण हुँदा कम्तिमा पनि ३५ जनाको ज्यान गएको छ । ४० जना भन्दा धेरै घाइते भएका छन् । सयौंले भागेर ज्यान जोगाएका छन् । सान्टा क्लजको पोशाकमा रहेका आक्रमणकारीले रेइना नाइट क्लबमा आक्रमण गरेको बिबिसीले जनाएको छ । इस्तानबुलमा आक्रमणको उच्च खतरा रहेको भन्दै १७ हजार प्रहरी खटाइएको थियो । नयाँ वर्ष मनाउन मानिसहरु नाइट क्लबमा भेला भएको समयमा उक्त आक्रमण भएको जनाइएको छ ।