विश्व

नाइट क्लबमा गोलाबारी, ३० जना मारिए

एजेन्सी । अमेरिकाको फ्लोरिडास्थित एक नाइट क्लबमा भएको गोलाबारीमा ३० जनाले ज्यान गुमाएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाए अनुसार पुरुष समलिङ्गीहरुको पल्स नाइट क्लबमा भएको गोलीबारीमा ३० जना मारिएका हुन् ।

सामाजिक सञ्जाल र स्थानीय सञ्चारमाध्यममा आएको समाचार अनुसार ओरल्यान्डोस्थित यस क्लबमा आक्रमणकारीले मानिसहरुलाई बन्धक पनि बनाएको जनाइएको छ । घटनाको विषयमा सुरक्षाकर्मीले आधिकारिकरुपमा केही सार्वजनिक गरेका छैनन् ।