समाचार

  • बजार अनुुगमन गर्न थप पाँच टोली

    बजार अनुुगमन गर्न थप पाँच टोली काठमाडौं । आपूर्ति मन्त्रालयले बजार अनुगमनलाई प्रभावकारी बनाउन र उपभोग्य वस्तुको मूल्यमा देखिएको कालोबजारी रोक्न थप ५ टोली बनाएर बजारमा पठाएको छ । दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको गुनासो बढ्न थालेपछि मन्त्रालयले ५ नयाँ टोली बनाएर बजारमा पठाएको हो ।

    Read More

  • काठमाडौंका विद्यालयमा बम आतंक, तीन जना पक्राउ

    काठमाडौंका विद्यालयमा बम आतंक, तीन जना पक्राउ काठमाडौं– काठमाडौंका विभिन्न निजी स्कूलमा मंगलबार विहानै बम फेला परेका छन् । जोरपाटीका दुई वटा स्कूलमा बम विस्फोट हुँदा भौतिक सामाग्री क्षति भए पनि मानविय क्षति नभएको प्रहरीले जनाएको छ । काठमाडौंको जोरपाटी, बौद्ध, डल्लु, ललितपुरको सानेपा लगायतका क्षेत्रमा शंकास्पद बस्तु फेला परेका हुन् ।

    Read More

  • जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय बैठकमा मन्त्री महत सहभागी

    जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय बैठकमा मन्त्री महत सहभागी न्यूयोर्क– संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभामा भाग लिने सिलसिलामा अमेरिकाको न्युयोर्क पुगेका परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले मंगलबार राष्ट्रसङ्घको प्रधान कार्यालयमा आयोजित शरणार्थी तथा आप्रवासी र मौसम परिवर्तनसम्बन्धी उच्चस्तरीय बैठकमा भाग लिएका छन्।

    Read More

  • काठमाडौंका विभिन्न विद्यालयमा बम आतंक

    काठमाडौं– काठमाडौंका विभिन्न स्कूलमा मंगलबार विहानै शंकास्पद बस्तु फेला परेका छन् । काठमाडौंको जोरपाटी, बौद्ध, डल्लु, ललितपुरको सानेपा लगायतका क्षेत्रमा शंकास्पद बस्तु फेला परेका हुन् । शंकास्पद बस्तुसँगै अखिल नेपाल स्वतन्त्र विद्यार्थी केन्द्र तथा योङ कम्युनिष्ट फोर्स नेपालको पर्चा भेटिएको छ ।

    Read More

  • उच्चस्तरीय तालिमका लागि एसएसपी खनाल अमेरिका जाँदै

    उच्चस्तरीय तालिमका लागि एसएसपी खनाल अमेरिका जाँदै काठमाडौं– उपत्यकालाई अपराधमुक्त बनाउन लागिपरेका एसएसपी सवेन्द्र खनाल अमेरिकी सरकारले दिने उच्चस्तरीय तालिमका लागि मंगलबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । एसएसपी खनाल अमेरिकामा करीब ६ हप्तासम्म चल्ने एड्भान्स सेक्युरिटी कोअप्रेसनको कार्स नामक तालिमका लागि त्यहाँ जान लागेका हुन् ।

    Read More

  • पहिरोले घर पुरिँदा चार जनाको मृत्यु

    पहिरोले घर पुरिँदा चार जनाको मृत्यु बाग्लुङ– बाग्लुङ बुंगादोभान गाविसको रिङ्लाङमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । सोमबार बिहानै गएको पहिरोमा परी भीमकुमारी रोका, उनकी १४ वर्षकी छोरी इन्द्रकुमारी, १२ वर्षका छोरा इन्द्रजित र नौ वर्षकी छोरी मायादेवीको ज्यान गएको प्रहरीले जनाएको छ ।

    Read More

  • डा. केसीका तीन वटा माग पूरा गर्न सरकार तयार

    डा. केसीका तीन वटा माग पूरा गर्न सरकार तयार काठमाडौं– डा. गोबिन्द केसीले आफूसँग भएका सहमति कार्यान्वयन गर्न एक हप्ताको समय दिएका छन् । सरकारले एक हप्ता भित्रमा माग पूरा नगरे अनशनमा बस्ने चेतावनी दिएका छन् । यसअघि उहाँले असोज दुई गते अर्थात आइतबारसम्ममा आफ्ना माग पूरा नभए सोमबारदेखि आमरण अनसन बस्ने चेतावनी दिनुभएका हुन् ।

    Read More

  • काठमाडौंमा पुनः भूकम्पको धक्का

    काठमाडौंमा पुनः भूकम्पको धक्का काठमाडौं, ३ असोज–आइतबार काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । राति करिब ११ बजेको समयमा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पले काठमाडौं राम्रैसँग हल्लाए पनि अधिकांश मानिस मस्त निन्द्रामा परेका कारण पत्तै पाएनन् ।

    Read More

  • संविधान दिवस : विशिष्टलाई नै बालमतलव !

    संविधान दिवस : विशिष्टलाई नै बालमतलव ! काठमाडौं– सरकारले संविधान दिवस आइतबारदेखि तीन दिन विशेष कार्यक्रमको आयोजना गरी भव्यरुपमा मनाउँदै छ । तर, सरकारले यस अघि नै धुमधामसाथ दिवस मनाउने घोषणा गरेर औपचारिक कार्यक्रमको कार्यतालिका सार्वजनिक गरेको भए पनि कार्यक्रममा केही विशिष्ट पदाधिकारीकै उपस्थिति नहुने भएको छ ।

    Read More

  • यौन दुर्व्यवहारकाे आरोपमा सन्तोष पन्तविरुद्ध उजुरी

    यौन दुर्व्यवहारकाे आरोपमा सन्तोष पन्तविरुद्ध उजुरी धरान– बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानकी एक महिला सुरक्षा गार्डले कलाकार सन्तोष पन्तलाई आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन्। शुक्रबार मध्यरातमा केटिएम सेक्युरिटिका अध्यक्ष रामेश्वर साहसँग आएका पन्तले दुर्व्यवहार गरेको भन्दै उनले शनिबार इलाका प्रहरी कार्यालय धरानमा लिखित उजुरी दिएकी छन्।

    Read More