समाचार

पहिरोले घर पुरिँदा चार जनाको मृत्यु

बाग्लुङ– बाग्लुङ बुंगादोभान गाविसको रिङ्लाङमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । सोमबार बिहानै गएको पहिरोमा परी भीमकुमारी रोका, उनकी १४ वर्षकी छोरी इन्द्रकुमारी, १२ वर्षका छोरा इन्द्रजित र नौ वर्षकी छोरी मायादेवीको ज्यान गएको प्रहरीले जनाएको छ ।

ठूलो ढुङ्गासहित खसेको पहिरोले रोकाको घर पूर्णरुपमा क्षति भएको छ । उद्धार र घटनाको अनुसन्धानका लागि टोली खटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक अनिलकुमार खड्काले जानकारी दिए ।