समाचार

  • ट्राफिक नियममा कडाइ, कस्तो गल्तीमा के कारबाही ?

    ट्राफिक नियममा कडाइ, कस्तो गल्तीमा के कारबाही ? काठमाडौं– सरकारले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएमा कडा कारबाही गर्दै आएका बेला फोनमा कुरा गर्दै सवारी साधन चलाउँदा ६ महिना लाइसेन्स निलम्बन गर्ने भएको छ । सरकारले फोनमा कुरा गर्दै सवारी चलाउने चालकको लाइसेन्स निलम्बन गर्ने प्रवधानसहितको नयाँ नियम ल्याउन लागेको हो ।

    Read More

  • वर्षाले काठमाडौं बेहाल, तीनकुनेमा ताल बन्यो !

    वर्षाले काठमाडौं बेहाल, तीनकुनेमा ताल बन्यो ! काठमाडौं– आइतबार बेलुकाबाट अविरल परेको पानीले काठमाडौं जलमग्न बन्यो । सडकका खाल्टाखुल्टीमा पानी जमेरका कारण सवारी साधान आवागमनमा मात्रै समस्या भएन, सडक पेटीमा हिड्ने यात्रुले पनि उस्तै सास्ती भोगे ।

    Read More

  • आदिवासी–जनजातिको मागमा प्रधानमन्त्रीको आश्वासन

    आदिवासी–जनजातिको मागमा प्रधानमन्त्रीको आश्वासन काठमाडौं– काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले आदिवासी जनजातिको पहिचान कायम हुने गरी संविधान संशोधनका लागि पहल गर्ने आश्वासन दिएका छन् । नेपाल आदिवासी जनजाति महासंघले आदिवासी जनजातिको पहिचान कायम हुने गरी राज्य पुनर्संरचनाको माग गर्दै सरकारसमक्ष बुझाएको २१ बुँदे ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले आदिवासी जनाजातिका जायज मागमा आफू सकारात्मक रहेको बताए ।

    Read More

  • विष्णुबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

    विष्णुबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन काठमाडौं– विष्णु बहादुर गुरुङ्गको अध्यक्षतामा दुई वर्षका लागि काष्ठ व्यवसायी संघ काठमाण्डौंको नयाँ कार्यकारी समिति चयन भएको छ । नेपाल वन पैदावर उद्योग व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष श्यामसुन्दर ढकालले उद्घाटन गरेको संघको दोस्रो वार्षिक साधारण सभाले यक्षप्रसाद उप्रेती (माधव) लाई प्रथम उपाध्यक्ष, लक्ष्मीप्रसाद श्रेष्ठ (रोशन) लाई द्धित्तिय उपाध्यक्षको रुपमा चयन गरेको छ ।

    Read More

  • संसदमा ‘हाटा’ प्रवृत्ति मौलायो

    संसदमा ‘हाटा’ प्रवृत्ति मौलायो काठमाडौं– सभामुख ओन्सरी घर्तीमगरले सांसदहरुलाई बैठकमा सहभागी हुन रुलिङ गरेकी छिन् । सांसदहरुले हाजिरी गरेर टाप कस्ने ‘हाटा’ प्रवृत्ति बढेपछि बैठकमा सहभागी हुन रुलिङ गरेकी हुन् । गत शुक्रबारको बैठकमा कोरम नपुगेर स्थगित भएपछि आइतबार बसेको संसद्को बैठकको सुरुमै सभामुखले यस्तो रुलिङ गरेकी हुन् ।

    Read More

  • चन्द्रागिरीमा प्रहरी र लुटेराबीच गोली हानाहान

    चन्द्रागिरीमा प्रहरी र लुटेराबीच गोली हानाहान काठमाडौं– काठमाडौंको चन्द्रागिरी लुटेरा समूह र प्रहरीबीच गोली हानाहान भएको छ । चन्द्रागिरी नगरपालिका १ चिहानडाँडामा सुमोमा रहेका लुटेरा समूह र प्रहरीबीच आज बिहान ५ बजेर २२ मिनेटतिर गोली हानाहान भएको हो।

    Read More

  • कास्कीको लेखनाथमा पहिरोले घर पुरिँदा ४ जनाको ज्यान गयो

    कास्कीको लेखनाथमा पहिरोले घर पुरिँदा ४ जनाको ज्यान गयो कास्की– कास्कीको लेखनाथ नगरपालिका–४ पैतमा गएराति पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ । स्थानीय लक्ष्मी सुनुवारको घर पहिरोले पुरिदाँ चार बालबालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा दुई बालक र २ वालिका रहेका छन् ।

    Read More

  • चैतभित्र स्थानीय चुनाव गर्न तीन दल सहमत

    चैतभित्र स्थानीय चुनाव गर्न तीन दल सहमत काठमाडौं– प्रमुख तीन दल आगामी फागुन–चैतभित्र स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार भएको छलफलमा कांग्रेस, एमाले र माओवादी केन्द्र चैतभित्र निर्वाचन गर्न सहमत भएका हुन् ।

    Read More

  • निजामती सेवालाई संघीय ढाँचामा ढाल्नुपर्छः प्रचण्ड

    निजामती सेवालाई संघीय ढाँचामा ढाल्नुपर्छः प्रचण्ड काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले निजामती सेवालाई संविधानको भावना अनुसार विकेन्द्रीकृत र संघीय ढाँचामा ढाल्नुपर्ने बताएका छन् । १३औं निजामती सेवा दिवस २०७३ मूल समारोहलाई बुधबार काठमाडौमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले केन्द्रीकृत र एकात्मक रुपमा रहेको निजामती प्रशासन सेवालाई संविधानको मर्म र भावना अनुसार विकेन्द्रीकृत र संघीय ढाँचामा ढाल्नुपर्ने धारणा राखेका हुन् ।

    Read More

  • बालुवाटारमा प्रकाश र बिनाको आतंक

    बालुवाटारमा प्रकाश र बिनाको आतंक काठमाडौं- प्रचण्ड प्रधानमन्त्री भएसँगै उनको परिवारको अवैध बिहेले वैधानिकता पाएको छ । प्रचण्ड पूत्र प्रकाशकी तेस्री श्रीमतीका रुपमा बिना मगरलाई बालुवाटारमा भित्र्याइएको छ । बिनालाई बालुवाटार भित्र्याइएसँगै नेकपा(माओवादी केन्द्र)मा छोरा बुहारीको आतंक सुरु भएको छ ।

    Read More