समाचार

कास्कीको लेखनाथमा पहिरोले घर पुरिँदा ४ जनाको ज्यान गयो

कास्की– कास्कीको लेखनाथ नगरपालिका–४ पैतमा गएराति पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ ।   स्थानीय लक्ष्मी सुनुवारको घर पहिरोले पुरिदाँ चार बालबालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा दुई बालक र २ वालिका रहेका छन् ।

बुधबार  राति करीब ११ बजे घर माथिबाट आएको पहिरोले घर पुरिँदा लक्ष्मी सुनारको १४ वर्षिय छोरा निशान सुनार, ९ वर्षिय छोरी रविना सुनार, ७ वर्षिय छोरी अञ्जिली सुनार र करिब २ वर्षिय नाति सलमान तामाङको मृत्यु प्रहरीले जनाएको छ ।  सलमान हिजो मात्रै आमा अर्पणासँग मामा घर गएका थिए । अर्पणाको स्थायी घर हेटौंडा भएपनि पोखरामा बस्दै आएकी छिन् । त्यस्तै, पहिरोले लक्ष्मी सुनारकी २५ वर्षीया छोरी कविता सुनार र १० वर्षिया सजिना सुनार घाइते भएका छन् । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

२३ भदाै, २०७३ ।