समाचार

  • विदेशमा रहेका नेपाललीलाई मतदानको व्यवस्था गरिने- प्रधानमन्त्री

    विदेशमा रहेका नेपाललीलाई मतदानको व्यवस्था गरिने- प्रधानमन्त्री न्यूयोर्क । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था गरिने बताउनु भएको छ । संयुक्त राष्ट्र संघको ७८ औं महासभामा सहभागि हुन आईतबार न्यूयोर्क आउनु भएका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुसँगको भेटमा यस्तो बताउनु भएको हो । उहाँले विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको जानकारी दिंदै कसैलाई पनि मतदानको अधिकारबाट बञ्चित हुन नदिने बताउनु भयो ।

    Read More

  • मगर संघ अमेरिकाको महाधिबेशन कोलोराडोमा हुने

    मगर संघ अमेरिकाको महाधिबेशन कोलोराडोमा हुने न्यूयोर्क । मगर संघ अमेरिका केन्द्रीय समितिको नवौं राष्ट्रिय महाधिबेशन यहि जुलाई २९, २०२३ मा कोलोराडो राज्यको बोल्डर शहरमा हुने भएको छ । “अमेरिकाको मूल प्रवाहमा मगरहरुको उपस्थिति र सहभागिता – उदाउदो मगर पुस्तालाई मगर भाषा , संस्कार, संस्कृति र नेतृत्व हस्तान्तरण आजको आवश्यकता’’ भन्ने मूल नाराका साथ अमेरिकाको बिभिन्न राज्यका मगरहरुको जमघट कोलोराडोमा हुने भएको छ । अध्यक्ष कुलदीप राना मगरका अनुसार महाधिबेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

    Read More

  • भ्रष्टाचारको आरोप लागेकालाई अमेरिकामा बहिस्कार गरिने

    भ्रष्टाचारको आरोप लागेकालाई अमेरिकामा बहिस्कार गरिने न्यूयोर्क । नेपालमा भ्रष्टाचारको आरोप लागेका व्यक्तिहरुलाई अमेरिकामा सार्वजनिक रुपमा बहिस्कार गरिने भएको छ । प्रवासी नेपाली एकता मञ्च नेपालले न्यूयोर्कमा पत्रकार सम्मेलन गरि यस्तो अभियानको घोषणा गरेको हो । मञ्चले नेपालमा पछिल्लो समय बाहिरिएको नक्कली भुटानी शरणार्थी काण्डले उच्च तहको संगठित अपराधको पर्दाफास भएको भन्दै अव नागरिक तहबाट पनि यस्ता भ्रष्टाचारीहरुलाई बहिस्कार गरिनुपर्ने बताएको हो ।

    Read More

  • नेपालको पर्यटन प्रवर्द्धन गर्न न्यूयोर्कमा कार्यक्रम

    नेपालको पर्यटन प्रवर्द्धन गर्न न्यूयोर्कमा कार्यक्रम न्यूयोर्क । नेपालमा पर्यटक भित्र्याउने पहल स्वरुप अमेरिकाको न्यूयोर्कमा विशेष कार्यक्रम गरिएको छ । आफूलाई नेपालमा पुनः कल्पना गर्नुहोस् भन्ने नारासहित न्यूयोर्कको म्यानहाटनमा विहिबार नेपाली महावाणिज्य दुतावासले अन्तरक्रिया कार्यक्रम गरेको हो ।

    Read More

  • न्यूयोर्कमा मनाईयो विश्व नेवाः दिवस

    न्यूयोर्कमा मनाईयो विश्व नेवाः दिवस न्यूयोर्क । नेवाः गुठी न्यूयोर्कले छैठौ विश्व नेवाः दिवस मनाएको छ । शनिबार न्यूयोर्कको ज्याक्सन हाईट्समा आयोजना गरिएको कार्यक्रममा गुठीले प्रकाशन गरेको पहिलो स्मारिकासमेत विमोचन गरिएको थियो ।

    Read More

  • अमेरिकामा नेपाली उत्पादनको बजारिकरणमा महावाणिज्य दुतावास सक्रिय

    अमेरिकामा नेपाली उत्पादनको बजारिकरणमा महावाणिज्य दुतावास सक्रिय अमेरिकामा नेपाली उत्पादन, परिकार तथा पर्यटन प्रवद्र्धनका लागि न्यूयोर्कमा रहेको नेपाली महावाणिज्य दुतावासले सक्रियता देखाएको छ । शनिबार न्यूयोर्कको क्वीन्समा वृहत् अन्तरक्रिया कार्यक्रम गरी दुतावासले यस्तो जानकारी दिएको हो ।

    Read More

  • न्यूयोर्कमा भव्य बन्यो ईन्द्रजात्रा र लाखे नाँच

    न्यूयोर्कमा भव्य बन्यो ईन्द्रजात्रा र लाखे नाँच न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा नेवाः समुदायले ईन्द्रजात्रा र लाखे नाँच प्रदर्शन गरेका छन् । नेवाः गुठी न्यूयोर्कको आयोजनामा शनिबार ज्याक्सन हाईट्समा यन्या पुन्ही अर्थात ईन्द्रजात्रा विशेष रुपमा मनाईएको हो । जात्रामा कुमारी, गणेश र भैरवको रथ यात्रा पनि गरिएको थियो । त्यस्तै जात्रामा नेवारी कला झल्कीने विभिन्न प्रस्तुतिका साथै विशेष सांस्कृतिक कार्यक्रम गरिएको थियो । कार्यक्रममा अमेरिकामा रहेका कलाकारहरुले प्रस्तुति दिएका थिए ।

    Read More

  • चौथो विश्व नेवाः सम्मेलनको भव्य तयारी

    चौथो विश्व नेवाः सम्मेलनको भव्य तयारी न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा अगष्ट ५ बाट चौथो विश्व नेवाः सम्मेलनको भव्य तयारी गरिएको छ । नेवाः गुठी न्यूयोर्क र वल्र्ड नेवाः अर्गनाईजेशन, अमेरिका च्याप्टरको संयुक्त आयोजनामा यो सम्मेलन गर्न लागिएको हो । तीन दिन सम्म हुने सम्मेलनमा विश्वभरबाट नेवाः समुदायका अगुवाहरुको सहभागिता हुने भएको छ ।

    Read More

  • मगर संघ अमेरिकाको आठौं बार्षिक साधारणसभाको तयारी पूरा

    मगर संघ अमेरिकाको आठौं बार्षिक साधारणसभाको तयारी पूरा मगर संघ अमेरिका केन्द्रीय समितिको ऐतिहासिक आठौं बार्षिक साधारणसभा यहि सनिवार अगस्ट ६ २०२२ को दिन टेक्सास राज्यको डलास शहरमा हुने भएको छ । मगरहरुको बाहुल्य रहेको अमेरिकाको विभिन्न १२ राज्यका मगरहरुको जमघट टेक्सास राज्यमा हुने र सभाको सम्पुर्ण तयारी पूरा भएको मगर संघ अमेरिका केन्द्रिय समितिका अध्यक्ष कुलदिप राना मगरले जानकारी गराउनु भयो ।

    Read More

  • नेवाः गुठी न्यूयोर्कको आयोजनामा न्यूयोर्कमा भिन्तुना र्याली र म्हः पूजा सम्पन्न

    नेवाः गुठी न्यूयोर्कको आयोजनामा न्यूयोर्कमा भिन्तुना र्याली र म्हः पूजा सम्पन्न न्यूयोर्क । नेवाः गुठी न्यूयोर्कको आयोजनामा न्यूयोर्कको ज्याक्सन हाईट्समा भिन्तुना र्याली गरीएको छ । नेपाल सम्बत ११४२ को अवसरमा यो कार्यक्रम गरिएको हो । नयाँ वर्षको शुभकामना सहित नेपाल सम्बतलाई चलन चल्तीको रुपमा सुरु गर्नु पर्ने भन्दै गुठीले र्याली सहितको कार्यक्रम गरेको हो । ज्याक्सन हाईट्सको डाइभर्सिटी प्लाजाबाट सुरु भएको र्यालीले विभिन्न बाजागाजा र नाचगान सहित नगर परिक्रमा गरेको हो । र्यालीमा न्हुँ दया भिन्तुना अर्थात नयाँ वर्षको शुभकामना आदान प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल सरकारका प्रतिनिधि कन्सुलर गणेश प्रसाद अधिकारीको विशेष उपस्थिति रहेको थियो भने न्यूयोर्कमा रहेका नेवार समुदायका अनुवाका साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    Read More