समाचार

वर्षाले काठमाडौं बेहाल, तीनकुनेमा ताल बन्यो !

काठमाडौं– आइतबार बेलुकाबाट अविरल परेको पानीले काठमाडौं जलमग्न बन्यो । सडकका खाल्टाखुल्टीमा पानी जमेरका कारण सवारी साधान आवागमनमा मात्रै समस्या भएन, सडक पेटीमा हिड्ने यात्रुले पनि उस्तै सास्ती भोगे । राजधानीका विभिन्न स्थानहरुमध्ये कोटेश्वरको तीनकुने सडक खण्ड तालमै परिणत भयो ।

वास्तवमा यो तस्बीरको ताल कुनै प्राकृतिक ताल होइन । यो काठमाडौंको कोटेश्वरको सडक हो । यहाँ दैनिक हजारौं गाडी ओहोर दोहोर गर्छन् । सानो पानी पर्दा पोखरी बन्ने यो सडक लगातार पानी परेपछि तालमा परिणत भएको हो । यो बाटोमा सवारी चलाउदा कुनै तालमाथि सवारी चलाए जस्तैको अवस्था देखिएको छ । पानी जमेर तालमा परिणत भएपनि यहाँ ठूला सवारी साधन चलाउँदा केही समस्या देखिएन । तर, मोटरसाइकल र स्कुटर चलाउने चालकले भने सोमबार यो सडकमा निकै नै सास्ती खेप्नुप¥यो । 

देशका अधिकांश भागमा परको पानीले ठाउँ ठाउँमा पहिरो खस्दा अवरुद्ध बन्यो । सिन्धुपाल्चोकका विभिन्न ठाउँमा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध बन्यो भने उता रसुवाको स्याफ्रुबेशीमा पहिरो खस्दा नुवाकोट–स्याफ्रुबेशी सडकखण्ड अवरुद्ध बन्यो । जसका कारण लामो तथा छोटो दूरीका सवारी साधनन चल्न सकेनन् । त्यस्तै पूर्वको कोसी र पश्चिमको महाकाली नदीमा पनि पानीको सतह बढेर खतराको सूचक नाघेको जनाइएको छ ।