समाचार

  • आज हरितालिका तीज, देशभरका शिवालयमा भीड

    आज हरितालिका तीज, देशभरका शिवालयमा भीड काठमाडौं– भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व नारीहरू देवादिदेव महादेवको पूजा आराधना गरी मनाउँदैछन् । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीलाई आफ्नो समस्या सुनाइन् ।

    Read More

  • तीजमा पशुपति दर्शन गर्न पासको व्यवस्था हटाइयो

    तीजमा पशुपति दर्शन गर्न पासको व्यवस्था हटाइयो काठमाडौं– पशुपति क्षेत्र विकास कोषले तीज पर्वमा पशुपतिनाथ मन्दिर प्रवेशका लागि यस वितरण गरिदै आएको प्रवेश पासको व्यवस्था हटाएको छ । कोषले शुक्रबार पत्रकार सम्मेलन गरी विगतका वर्षमा पासको दुरुपयोग भएको भन्दै यो पटकको तीजमा पासको व्यवस्था हटाएको जनाएको हो ।

    Read More

  • नागार्जुन दरबारमा पनि बिजुली काटियो, ज्ञानेन्द्र निर्मल निवासमा

    नागार्जुन दरबारमा पनि बिजुली काटियो, ज्ञानेन्द्र निर्मल निवासमा काठमाडौं– पूर्वराजा ज्ञोनेन्द्र शाह बस्ने गरेको नागार्जुन दरबारमा पनि विद्युत लाइन काटिएको छ । उर्जा मन्त्रालयको निर्देशनमा विद्युत प्राधिकरणले बिहीबार नागार्जुन दरबारको विद्युत प्रशारण सेवा रोकेको हो । नागार्जुन दरबारले तिर्नुपर्ने बाँकी बक्यौतालाई कारण देखाउँदै लाइन काटिएको जनाइएको छ ।

    Read More

  • बाढीको वितण्डा : बस्ती वगरमा परिणत

    बाढीको वितण्डा : बस्ती वगरमा परिणत म्याग्दी– उत्तरी म्याग्दीको बेग गाविस–६ मा बिहीबार राती आएको बाढीले १४ घर बगाएको छ । बेनी–जोमसोम सडकखण्ड नजिक रहेको बस्तीलाई गाविसको माथिल्लो क्षेत्रमा पहिरो खसेपछि ठाडो खोलामा आएको बाढीले बगर बनाएको हो ।

    Read More

  • जनसरोकारका मुद्दा प्राथमिकतामाः डा. बाबुराम

    जनसरोकारका मुद्दा प्राथमिकतामाः डा. बाबुराम काठमाडौं–नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सर्वसाधारणसँगको नियमित भेटघाटका क्रममा नयाँ शक्ति पार्टीले जन– सरोकारका मुद्दालाई विशेष प्राथमिकतामा राखेको बताएका छन् । पार्टीको केन्द्रीय कार्यालयमा बिहीबार भएको छलफलमा डा. भट्टराईले नीतिगत रुपमा जनताको प्रत्यक्ष र सहभागितामूलक लोकतन्त्रको पक्षमा रहेको बताएका हुन्।

    Read More

  • बैशाख यता १ सय ६२ जनामा 'स्क्रब टाइफस'

     बैशाख यता १ सय ६२ जनामा 'स्क्रब टाइफस' चितवन– चितवन जिल्लामा गत वैशाख यता १ सय ६२ जना विरामीहरुमा स्क्रब टाइफसको लक्षण देखा परेको छ । अस्पतालमा भर्ना भएका ४ सय विरामीमध्यै १ सय ६२ जना विरामीमा स्क्रब टाइफसको लक्षण देखिएको हो । गएको एक सातामा थप १७ जना नयाँ बिरामी भेटिसँगै स्क्रब टाइफसको लक्षण भएका विरामीको संख्या १ सय ६२ पुगेको हो ।

    Read More

  • धरहरा काजगमा बन्यो, बन्दै गरेको रानीपोखरी रोकियो

    धरहरा काजगमा बन्यो, बन्दै गरेको रानीपोखरी रोकियो काठमाडौं– २०७२ बैशाख १२ गते गएको विनासकारी भूकम्पका कारण भग्नावशेषमा परिणत भएका भौतिक तथा पूरातात्विक सम्पदा निर्माणको कामले गति लिन सकेको छैन । ऐतिहासिक धरोहर धरहरा निर्माणको काम कागजमा मात्र सीमित बनेको छ ।

    Read More

  • सुरक्षा चेकजाँचमा कडाइ, दुर्घटना भने रोकिएन

    सुरक्षा चेकजाँचमा कडाइ, दुर्घटना भने रोकिएन काठमाडौं- दुर्घटना न्यूनिकरणका लागि चेक जाँचमा कडाइँ भइरहँदा दुर्घटनाको क्रम बढेको छ । काभ्रेमा भएको दुर्घटना पछि सडक दुर्घटनाका घटना क्रमशः दोहोरिएका छन् । काभ्रेमा भएको दुर्घटनामा २८ जनाले ज्यान गुमाएको थिए । त्यसको एक साता नबित्दै फेरि यात्रुबहाक बस त्रिशुली नदीमा खस्यो ।

    Read More

  • खै त समावेशिता ? प्रचण्डको मन्त्रिपरिषद्मा एउटा मात्र महिला

    खै त समावेशिता ? प्रचण्डको मन्त्रिपरिषद्मा एउटा मात्र महिला काठमाडौं– नेपालको संविधान २०७२ ले समानुपातिक समावेशी सिद्धान्तलाई अंगिकार गरेको भए पनि त्यसको कार्यान्वयन पक्ष भने व्यवहारमा देखिएको छैन । समावेशीकरणको अग्रणी पार्टी भन्दै आएको माओवादी केन्द्र नेतृत्वको सकारमा समेत समानुपातिकको अभ्यास फितलो देखिएको छ ।

    Read More

  • बस त्रिशुली नदीमा खस्यो, २० जनाको मृत्यु

    बस त्रिशुली नदीमा खस्यो, २० जनाको मृत्यु काठमाडौ– रौतहटको गौरबाट पोखरा जाँदै गरेको रात्रिबस त्रिशुली नदीमा खस्दा २० जनाको मृत्यु भएको छ । आज बिहान नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोला नजिकैबाट बस त्रिशूली नदीमा खस्दा २० जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

    Read More