समाचार

  • 'रफ गाइड्स'को सूचीमा नेपाल पहिलो नम्बरमा

    'रफ गाइड्स'को सूचीमा नेपाल पहिलो नम्बरमा काठमाडौं, २५ साउन । विश्वमा घुम्नैपर्ने १० देशको सूचिमा नेपाल पहिलो स्थानमा परेको छ । अनलाईनमार्फत पर्यटन सम्बन्धि सूचना तथा जानकारी दिने बेलायतको ‘रफ गाइड्स’ले तयार पारेको रिपोर्टमा नेपाल विश्वको घुम्नै पर्ने देशको सूचीमा पहिलो नम्बरमा पर्न सफल भएको हो ।

    Read More

  • फिस्टेलको हेलिकोप्टर दुर्घटना, ७ जनाको मृत्यु

    फिस्टेलको हेलिकोप्टर दुर्घटना, ७ जनाको मृत्यु काठमाडौं– नुवाकोटमा दुर्घटनाग्रस्त भएको फिस्टेल एयरको हेलिकोप्टरमा सवार सबै ७ जनाको मृत्यु भएको छ । 9NAKA कल साईन भएको हेलिकोप्टर नुवाकोटको बेलकोट क्षेत्रमा दुर्घटनाग्रस्त हुंदा पाइलट रञ्जन लिम्बुसहित ७ जनाको मृत्यु भएको फिस्टेल एयरले पुष्टि गरेको छ ।

    Read More

  • विमान नदीले बगायो, पाइलट पौडेर बाँचे

    विमान नदीले बगायो, पाइलट पौडेर बाँचे काठमाडौं– मकालु एयरको विमान बिहीबार दिउँसो हुम्लामा दुर्घटना भएको छ । हुम्ला सदरमुकाम सिमिकोटबाट सुर्खेतका लागि उडेको नाइन एन एएलडी कलसाइनको विमान सिमिकोटको एक खोला नजिकै दुर्घटना भएको हो ।

    Read More

  • प्रचण्डद्वारा राष्ट्रपतिसमक्ष सपथ ग्रहण

    प्रचण्डद्वारा राष्ट्रपतिसमक्ष सपथ ग्रहण काठमाडौं – नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारीसमक्ष प्रचण्डलाई सपथ लिएका हुन् । उनले देश र जनताको नाममा सपथ ग्रहण गरे ।

    Read More

  • प्रधानमन्त्री प्रचण्डले विहीबार सपथ लिने

    प्रधानमन्त्री प्रचण्डले विहीबार सपथ लिने काठमाडौं– नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनियताको सपथ बिहीबार लिने भएका छन् । प्रचण्डको निजी सचिवालयका अनुसार बिहीबार राष्ट्रपति भवन शीतल निवासमा अपरान्ह तीन बजे प्रचण्डले सपथ ग्रहण लिने कार्यक्रम तय भएको छ ।

    Read More

  • १० लाखसहित एक जना पक्राउ

    १० लाखसहित  एक जना पक्राउ कपिलबस्तु– कपिलबस्तुको सीमानाका कृष्णनगरमा नाकाबाट १० लाख भारतीय रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारतको सिद्धार्थनगर जिल्लाको बढनीबाट कृष्णनगर सीमा नाकातर्फ पैदल पार गर्ने क्रममा प्रहरीले ४० वर्षका धिरेन्द्र पाठकलाई पक्राउ गरेको हो ।

    Read More

  • नेबिसंघ महामन्त्रीका लागि मनोज बैद्य सक्रिय बने

    नेबिसंघ महामन्त्रीका लागि मनोज बैद्य सक्रिय बने काठमाडौं- आसन्न नेपाल विद्यार्थीसंघको महाधिवेशनलाई लक्षित गरी विद्यार्थी नेताहरुले विभिन्न पदका लागि उम्मेदवारी दिने दाबी गरिरहेका छन् । नौ बर्षसम्म स्थगित हुँदै आएको नेबिसंघको ११ औ महाधिवेशन हुने पक्कापक्की भएपछि विद्यार्थी नेताहरुले विभिन्न पदमा आफ्नो उम्मेदवारी रहने दाबी गर्न थालेका हुन् ।

    Read More

  • विश्व मानव बिकास सूचाङ्कमा नेपालको अवस्था, भ्रष्टाचारको दशा

    विश्व मानव बिकास सूचाङ्कमा नेपालको अवस्था, भ्रष्टाचारको दशा संयुक्त राष्ट्र संघीय विकास कोष (यूएनडीपी)द्वारा जारी ‘मानव विकास सूचाङ्क –२०१५’ मा बिश्वभरका कूल २१० देशहरु मध्ये नेपाल १४५ नम्बरमा परेको छ । अर्थात १४४ देशहरु भन्दापछि परेको छ । उसो त, नेपालको स्थान १५ वर्ष अघि सन् २००० मा पनि १४४औं स्थानमै थियो ।

    Read More

  • भैरहवाको बुद्ध मुर्ति अन्य स्थानमा नसारिने

    रुपन्देही । रुपन्देही जिल्लाको सदरमुकाम भैरहवाको हाल देवकोटा चोक भनेर नामाकरण गरिएको सिद्धार्थ चोकमा रहेको बुद्धको मूर्ति अन्य स्थानमा सारी उक्त स्थानमा नेपाली भाषाका महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्णकदको सालिक राख्ने जिल्लास्तरीय निर्णयबाट स्थानीय राजनीतिक दल तथा सरोकारवाला पछाडि हटेका छन् ।

    Read More

  • समर्थकका साथमा डा.केसी सडकमा

    समर्थकका साथमा डा.केसी सडकमा काठमाडौं– मेडिकल शिक्षाबारेमा पटक पटक अनसन बस्दै आएका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक डा. गोविन्द केसी आफ्ना समर्थकहरुको आन्दोलनमा आफै सडकमा उत्रिएका छन् ।

    Read More